स्पेनको म्याड्रिडमा यूक्रेनी पूर्व सांसदको गोली हानी हत्या


प्रकाशित मिति : जेष्ठ ७, २०८२ बुधबार

पूर्व यूक्रेनी उच्च अधिकारी आन्द्रीय पर्टनोभ स्पेनको म्याड्रिडमा गोली हानी हत्या गरिएको छ । राजधानी म्याड्रिडमा एक अमेरिकी विद्यालय बाहिर पूर्व यूक्रेनी सांसद आन्द्रीय पर्टनोभको गोली हानी हत्या गरिएको हो । ५१ वर्षीय पर्टनोभलाई बुधबार बिहान हत्या गरिएको हो ।

पर्टनोभले आफ्ना बच्चाहरूलाई पोजुएलो दे अलार्कोन क्षेत्रमा रहेको विद्यालयमा झारेपछि पार्किङ क्षेत्रमा गाडीमा फर्कने क्रममा आक्रमणकारीले उनीमाथि गोली प्रहार गरेका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारी नजिकैको वन क्षेत्रतर्फ फरार भएका थिए।

आक्रमणकारी नीलो ट्र्याकसुट लगाएको दुब्लो शरीर भएका पुरुष थिए। केहि स्पेनी संचारमाध्यमहरूका अनुसार उनीसँग मोटरसाइकलमा अर्को व्यक्ति पनि संलग्न हुन सक्ने अनुमान गरिएको छ। पुलिस ड्रोन र हेलिकप्टर प्रयोग गरेर हमलाकारीको खोजी भइरहेको छ ।

पर्टनोभ युक्रेनका पूर्व राष्ट्रपति भिक्टर यानुकोभिचको प्रशासनमा उपप्रमुख थिए। यानुकोभिच सन् २०१४ मा जनप्रदर्शनपछि अपदस्थ भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पर्टनोभ यसअघि युलिया टिमोशेन्कोको पार्टीबाट सांसद बनेका थिए । तर यानुकोभिच २०१० मा राष्ट्रपति निर्वाचित भएपछि उनी पक्ष परिवर्तन गरी त्यहीँ सामेल भएका थिए।

उनी सन् २०१४ पछि युक्रेन छाडेर विदेश गएका थिए । २०१९ मा राष्ट्रपति जेलेंस्की निर्वाचित भएपछि फर्किएका थिए। त्यसपछि २०२१ मा अमेरिकी वित्त मन्त्रालयले उनीमाथि प्रतिबन्ध लगाएको थियो ।

पछिल्ला वर्षहरूमा उनले युक्रेन र विदेशमा आफ्नाविरुद्धका विभिन्न मुद्दाहरू जितेका थिए। युरोपेली संघले लगाएको प्रतिबन्ध पनि उनले अदालतमा चुनौती दिएर हटाएका थिए।

युक्रेनको सुरक्षा सेवा ले पनि क्रिमियाको रूसी अधिग्रहणसँग सम्बन्धित देशद्रोहको आरोपमा मुद्दा सुरु गरेको थियो । त्यो मुद्धा पनि पछि खारेज गरिएको थियो।

युक्रेनी गुप्तचर निकायहरू विगतमा रुस वा कब्जामा रहेका क्षेत्रहरूमा लक्षित हत्या अभियानमा संलग्न रहेको आरोप लाग्दै आएको छ।
सन् २०२४ को फेब्रुअरीमा स्पेनकै एलिकान्ते नजिक रूसी हेलिकप्टर पाइलट म्याक्सिम कुज्मिनोभको हत्या भएको थियो ।

जसलाई रूसी भाडाका हत्याराहरूले गोली हानी मारेको बताइएको छ। उनले युक्रेनमा शरण लिएर स्पेनको दक्षिणी तटमा झूटा परिचयमा बसोबास गरिरहेका थिए।

पर्टनोभको कालो मर्सिडिज गाडी प्रहरीद्वारा घेराबन्दीमा राखिएको थियो। विद्यालयले अभिभावकहरूलाई पत्र पठाएर सबै विद्यार्थीहरू सुरक्षित रहेको जानकारी दिएको थियो।

हालसम्म यो आक्रमणको जिम्मा कसैले लिएको छैन । यसको उद्देश्य पनि स्पष्ट भएको छैन। अनुसन्धान जारी छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com