युक्रेनमा शान्ति नभए रूसविरुद्ध ‘कडा कारबाही” गर्न अमेरिकालाई इयुको आग्रह


प्रकाशित मिति : जेष्ठ ६, २०८२ मंगलबार

DENMARK-POLITICS-DIPLOMACY-DEMOCRACY-SUMMIT

युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख काजा कालासले मङ्गलबार रूसले युक्रेनमा युद्धविराममा सहमत नभए अमेरिकाले रूसविरुद्ध कडा कारबाही गर्नुपर्ने बताएकी छिन् । ब्रसेल्समा आयोजित इयु मन्त्रीहरूको बैठकमा कालासले भनिन्, “अमेरिकाले रूसले बिना शर्त युद्धविराम नमाने परिणाम भोग्नुपर्ने बताएको थियो। हामी ती परिणामहरू अमेरिकी पक्षबाट पनि देख्न चाहन्छौँ।”

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रूस र युक्रेनले तत्काल शान्ति वार्ता सुरु गर्नुपर्ने बताएका छछन् । तर, जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले पुटिनको वार्ताले शान्तिप्रति उनको चासो नभएको देखिएको टिप्पणी गरे । “पुटिन अझै पनि आफ्नै सर्तमा मात्र युद्धविरामको कुरा गर्छन्, छुट दिन तयार छैनन्,” पिस्टोरियसले भने ।

जर्मन चान्सलर फ्रेडरिक मेर्जले ट्रम्प र युरोपेली नेताहरूसँगको छुट्टै फोनवार्तापछि इयुले थप प्रतिबन्धहरूमार्फत रूसमाथि दबाब बढाउने बताएका छन् । मङ्गलबार इयुले रूसविरुद्ध १७औँ चरणको प्रतिबन्ध औपचारिक रूपमा लागू गर्नेछ, जसले मुख्य रूपमा रूसले तेल निर्यातमा प्रतिबन्ध छल्न प्रयोग गर्ने ‘छाया फ्लीट’ लाई लक्षित गर्नेछ।

कालासले थप प्रतिबन्धहरूको प्याकेज तयार भएको तर क्रेमलिनलाई ठूलो क्षति पुर्‍याउने इयुका सीमित उपायहरू रहेको बताइन् । “हामी रूसमाथि दबाब बढाउन कडा प्रतिबन्धहरूमा काम गरिरहन्छौँ ताकि उनीहरूले पनि शान्ति चाहून्,” उनले भनिन्, “तेलको मूल्य सीमा, ऊर्जा, र बैंकिङ क्षेत्रलाई लक्षित प्रतिबन्धहरूले रूसको अर्थतन्त्रलाई कमजोर बनाउनेछ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com