ब्रुकलिन ब्रिजमा जहाज ठोक्किएको घटनाको अमेरिकी अधिकारीहरुले अनुसन्धान गर्ने


प्रकाशित मिति : जेष्ठ ५, २०८२ सोमबार

अमेरिकाको न्युयोर्कका अधिकारीहरूले मेक्सिकन जलयात्रा तालिम जहाज ब्रुकलिन ब्रिजमा ठोक्किएपछि भएको घटनाको अनुसन्धान सुरु गरेका छन्। शनिबार राति भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कम्तीमा १९ जना घाइते भएका छन्।

प्रारम्भिक अनुसन्धान अनुसार, उक्त दुर्घटना जहाजले पावर गुमाएको कारण भएको प्रहरीको भनाइ छ। भिडियोहरूमा जहाजका तीन अग्ला मस्तुलहरू भाँचिँदै गरेको देखिन्छ । जसलाई किनाराबाट मानिसहरूले त्रसित भएर हेरेका थिए।

जहाज कसरी ब्रिजतर्फ गयो भन्ने अझै स्पष्ट नभएको अधिकारीहरूले बताएका छन्। यद्यपि, ब्रुकलिन ब्रिजमा कुनै क्षति नपुगेको बताइएको छ । शनिबार राति नै ट्राफिकका लागि पुनः खोलिएको पुष्टि गरिएको छ।

न्युयोर्कको यातायात विभागका अनुसार, ‘कुआउटेमा’नामक उक्त जहाजको मस्तुलको उचाइ १५८ फिट थियो । जबकि ब्रुकलिन ब्रिजको केन्द्र भागमा क्लियरन्स १३५ फिट मात्र थियो।

दमकल विभागका अनुसार, उद्धारकर्ताहरूले जहाजबाट कम्तीमा २७ जनालाई उपचारका लागि लैजानस परेको थियो । जहाजमा रहेका सबै २७७ जनाको स्थिति पुष्टि गरिएको छ।

जहाजका तीनै मस्तुल नष्ट भएका छन् । हाल सो जहाजलाई नजिकको घाटमा राखेर अनुसन्धान भइरहेको छ। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड ले अनुसन्धानमा सहयोग गर्न टोली पठाएको छ।

यो अनुसन्धान अमेरिका र मेक्सिको सरकारहरूको सहकार्यमा भइरहेको छ। मेक्सिकोका नौसेनाका सचिव रायमुन्डो पेद्रो मोरालेस आङ्गेलेसले विज्ञप्ति जारी गर्दै अनुसन्धानको नतिजा ूपूर्ण पारदर्शिता र जिम्मेवारीका साथ सार्वजनिक गरिनेू बताएका छन्।

ूकुआउटेमाू नामक यो जहाज अप्रिल ६ मा मेक्सिकोको अकापुल्कोबाट निस्केको थियो । जसको यात्रामा न्यूयोर्क र जुलाई महिनामा स्कटल्याण्डको एबर्डिनमा आयोजना हुने टल शिप्स रेस पनि समावेश छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com