नेपालमा अपांङग मैत्री पुस्तकालय बनाउन अमेरिकामा २७ हजार डलर संकलन


प्रकाशित मिति : आश्विन १७, २०७४ मंगलबार

अमेरिकाको टेक्सासमा स्थापना भएको नेपाल जर्नीले नेपालमा अपांङग मैत्री पुस्तकालय निर्माणका लागि टेक्सासको डलास अर्विगमा रहेको हिल्टन होटेलमा आयोजना गरेको गाला डिनरमा २७ हजार ४० डलर संकलन गर्न सफल भएको संस्थाकी अध्यक्ष मौसमी श्रेष्ठले जानकारी दिनु भएको छ । कार्यक्रमको उद्घाटन अर्विंग मेयर रिक स्तोफ्फेर र सस्थाकी अध्यक्ष मौसमी श्रेष्ठले पानसमा दियो बालेर गर्नुभयो । कार्यक्रम नेपाल र अमेरिकाको राष्ट्रीय गान बाट सुरु गरिएको थियो ।

कार्यक्रममा मेयरले नेपाल जर्नीको कामको प्रशंसा गर्दै नेपालमा भुकम्प पछि गरेको कामको चर्चा गर्नुभयो । उहाँले हालै टेक्सासको हुष्टनमा आएको सामुद्रिक आधीवाट पिडीतलाई सस्थाले गरेको सहयोगको लागि हार्दिक धन्यवाद समेत दिनु भएको थियो । नेपाल जर्नीले अर्विंग केयर मार्फत हरिकेन हार्वीबाट पीडितलाई १ हज़ार डलर आर्थिक सहयोग गरेको थियो । गाला साँझमा डाक्टर डोनाल्ड सेवेल्ल अतिथि वक़्ता हुनुहुन्थ्यो भने कृष्ण लामिछाने विशेष अथिति हुनुहुन्थ्यो ।

डल्लास नेपालीबासीको अपार सहभागिता देखिएको कार्यक्रममा स्थानिय नेपाली कम्मुनिटी लिडरको भने सहभागिता कम देखिन्थ्यो । कार्यक्रममा बिदेसी अतिथिको भने बाक्लो उपस्थीति थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली कलाकार तथा अमेरिकन मुलका कलाकारवाट समेत विविध प्रस्तुति प्रस्तुत गरिएको थियो। नेपाल जर्नी अमेरिकाको टेक्सासमा दर्ता भएको गैर नाफामुलक सस्था हो ।

यो सस्थाले नेपालमा करिव १ करोड़ ५० लाखको लागतमा अपांग मैत्री पुस्तकालय वनाउने योजना बनाएको छ । सकलित रकम पुस्तकालय बनाउन प्रयाप्त नभएपनि सस्थाले गरेको गाला डिनरवाट राम्रै रक़म सकलन भएको र काम गर्न हौसला मिलेको अध्यक्ष मौसमी श्रेष्ठले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com