भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रिया


प्रकाशित मिति : जेष्ठ १, २०८२ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले पारस्परिक आधारमा अमेरिकालाई करिब शुन्य कर सम्झौताको प्रस्ताव गरेको बताएका छन् ।

दोहामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, “उनीहरूले मूलतः हामीलाई कुनै अतिरिक्त शुल्क नलिने शर्तसहितको सम्झौताको प्रस्ताव गरेका छन् ।”

उनले एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकलाई भारतमा उत्पादन विस्तार गर्नुको साटो अमेरिकामा उत्पादन बढाउन प्रोत्साहित गरेको पनि उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्रम्पले भने, “हिजो टिम कुकसँग मेरो केही समस्या थियो । मैले उहाँलाई एक मित्रका रूपमा धेरै राम्रो व्यवहार गर्नेछु भनेको छु। तपाईं ५०० अर्ब डलर लिएर आउँदै हुनुहुन्छ भन्ने सुनेको थिए तर मैले थाहा पाए अनुसार अहिले तपाईं भारतभरि निर्माण गरिरहनुभएको छ भन्ने मैले सुनेको छु ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भने, “तपाईं भारतमा निर्माण गर्नुस् भन्ने म चाहन्न । यदि तपाईं भारतमा ध्यान केन्द्रित गर्न चाहनुहुन्छ भने मेरो भन्नु केही छैन तर भारत विश्वको सबैभन्दा उच्च कर भएको देशहरूमध्ये एक हो, त्यसैले भारतमा बजार लिन धेरै गाह्रो हुनेछ।”

यसअघि एप्पलले अमेरिकी बजारका लागि तय गरिएका आइफोनको सबै उत्पादन भारतमा हस्तान्तरण गर्ने तयारी गरेको बताइएको थियो ।

भारतमा आफ्नो उत्पादन बढाउने एप्पलको निर्णय चीनबाट टाढा उत्पादन कार्यहरू विविधीकरण गर्ने उसको व्यापक लक्ष्यसँग मेल खान्छ।

यसैबीच भारतका वाणिज्यमन्त्री पियुष गोयल मे १६ मा अमेरिका जाँदै छन् र केही समयदेखि आधिकारिक स्तरमा जारी अग्रिम व्यापार वार्ता सुरु गर्ने भएका छन् ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गत अप्रिलमा अमेरिकासँग द्विपक्षीय व्यापार सम्झौता गर्ने प्रयासस्वरुप नयाँ दिल्लीको भ्रमण गरेका थिए ।

गत मे १२ मा अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले भारत र पाकिस्तानबीच तत्काल युद्धविरामका लागि मध्यस्थता गर्न सहयोग गरेको दाबी गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com