रोजगारमा आधारित दोस्रो र तेस्रो श्रेणीको ग्रीनकार्डमा खुसीको खबर, पहिलो श्रेणी करेन्ट


प्रकाशित मिति : बैशाख ३०, २०८२ मंगलबार

अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले जुन महिनाको भिसा बुलेटिनमा रोजगारमा आधारित दोस्रो र तेस्रो श्रेणीका लागि ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा प्रगति भएको जनाएको छ। यद्यपि, यूएससीआईएसले जुन महिनामा पनि रोजगारमा आधारित ग्रीनकार्डका लागि भिसा बुलेटिनको फाइलिङ मिति प्रयोग नगरी फाइनल एक्सन मिति नै प्रयोग गर्ने भएको छ।

जुन महिनामा पहिलो श्रेणीको हकमा पहिले जस्तै ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति करेन्ट नै रहेको छ। मे महिनामा पनि अमेरिकाभित्रै रहेकाहरूको हकमा पहिलो श्रेणीको आवेदन आई-१४० सँगै ग्रीनकार्ड आवेदन आई-४८५ फाइल गर्न सकिने भएको छ भने अमेरिकाबाहिर रहेकाहरूले भिसा करेन्ट रहेसम्म कुर्नु पर्दैन। यद्यपि, दूतावासहरूमा रहेको भिसा ब्याकलगका कारण अमेरिकाबाहिर रहेकाहरूलाई आप्रवासी भिसा अन्तर्वार्ताका लागि भने लामो समय लाग्न सक्छ।

रोजगारमा आधारित दोस्रो श्रेणीको ग्रीनकार्डका लागि मे महिनामा आई-४८५ ग्रीनकार्ड आवेदन फाइल गर्न सकिने प्राथमिकता मिति जुन २२, २०२३ रहेकोमा जुन महिनाका लागि केही सुधार भई अक्टोबर १५, २०२३ मा पुगेको छ। अमेरिकाबाहिर रहेकाहरूले पनि यदि उनीहरूको प्राथमिकता मिति अक्टोबर १५, २०२३ भन्दा अगाडि छ भने जुन महिनामा भिसा अन्तर्वार्ता र आप्रवासी भिसा पाउन सक्नेछन्।

तेस्रो श्रेणीको स्किल्ड ग्रीनकार्ड आवेदकहरूका लागि फेब्रुअरी ८, २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरूको लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा उनीहरूले जुन महिनामा ग्रीनकार्ड आवेदन आई-४८५ फाइल गर्न सक्नेछन्। यो मितिमा पनि झन्डै एक महिनाको सुधार भएको हो। अमेरिकाबाहिर भिसा कुरिरहेकाहरूको हकमा पनि फेब्रुअरी ८, २०२३ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरूले जुन महिनामा भिसाका लागि अन्तर्वार्ता पाउन सक्नेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोजगारमा आधारित तेस्रो श्रेणीका अनस्किल्ड कामदारहरूको हकमा जुन २२, २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेकाहरूले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा जुन महिनामा ग्रीनकार्ड आवेदन आई-४८५ फाइल गर्न सक्नेछन्। मे महिनाको तुलनामा यो मितिमा एक महिनाको सुधार भएको छ। यो श्रेणीमा अमेरिकाबाहिर भिसा कुरिरहेकाहरूको हकमा जुन २२, २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरूले मे महिनामा भिसाका लागि अन्तर्वार्ता पाउन सक्नेछन्।

तर, चौथो श्रेणीको विशेष आप्रवासी र धार्मिक कामदारहरूका लागि अमेरिकी विदेश मन्त्रालयले ग्रीनकार्डको वार्षिक सीमा आर्थिक वर्षको पाँच महिनाभित्रै पुगेको घोषणा गरेकाले यो श्रेणी अहिले उपलब्ध छैन। यसको मतलब अक्टोबर १ मा अर्को आर्थिक वर्ष सुरु नभएसम्म यो श्रेणीअन्तर्गत थप भिसा वा ग्रीनकार्डहरू उपलब्ध हुनेछैनन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com