लस भेगस गोलीकाण्डमा ५० जनाको मृत्यु


प्रकाशित मिति : आश्विन १६, २०७४ सोमबार

अमेरिकाको लास भेगसमा भएको गोलीकाण्डमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । सांगीतिक कार्यक्रम चलिरहेका बेला नजिकैको होटलको ३२औं तलाबाट बन्दुकधारीले गोली चलाउँदा दुई सय जनाभन्दा बढी घाइते भएका छन् । स्थानीय ६४ वर्षीय स्टेफेन प्याडोकले आक्रमण गरेको प्रहरीले जनाएको छ।

बन्दुकधारीलाई प्रहरीले गोली हानी मारिदिएका छन्। अमेरिकी इतिहासमा यो सबैभन्दा भयानकमध्येको एक गोलीकाण्ड हो। बन्दुकधारी कुनै लडाकु समूहसँग आवद्ध रहेको प्रमाण फेला परेको छैन । बन्दुकधारीसँग रहेकी एक महिलालाई प्रहरीले फेला पारेको छ ।

सन् २०१७ मा मात्र अमेरिकामा १६० भन्दा धेरै बन्दुक हमलाका घटना भएका छन् । सन् २०१७ को सुरुवातदेखि अहिलेसम्म अमेरिकामा बन्दुक हमलाका घटनामा झण्डै ७ हजारको ज्यान गएको छ भने १३ हजार घाइते भएका छन्, जसमा बन्दुकबाट आत्महत्याको तथ्यांक समावेश गरिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आम हमलाबारे कुनै आधिकारिक परिभाषा नभएपनि अमेरिकामा कुनै एक स्थानमा चारजना वा त्योभन्दा धेरै घाइते हुने गरी वा ज्यान गुमाउनेगरी भएको हमलालाई आम हमला भन्ने गरिएको छ । सन् २०१७ मा विगतको बर्षका तुलनामा अमेरिकामा यस्ता हमला अझ बढेका छन् । ९ महिनाको अवधिमा १६० वटा भन्दा धेरै हमलाले अमेरिकामा बन्दुक ठूलो समस्या बन्दै गएको पुष्टी भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com