अमेरिकाको मध्यस्थतामा भएको रातभरको वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत


प्रकाशित मिति : बैशाख २७, २०८२ शनिबार

(250510) — SRINAGAR, May 10, 2025 (Xinhua) — Indian paramilitary troopers stand guard as security beefed up in Srinagar city, the summer capital of Indian-controlled Kashmir, May 10, 2025. (Xinhua/Javed Dar)

हप्तौंको तनाव र एकपछि अर्को आक्रमणपछि भारत र पाकिस्तान युद्धविराममा सहमत भएका छन्। भारतका विदेश सचिवले युद्धविराम अब लागू भएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा आश्चर्यजनक घोषणा गर्दै वासिङ्टनको मध्यस्थतामा भएको वार्ता पछि युद्धविराम भएको बताएका छन् ।

अमेरिकाको मध्यस्थतामा भएको रातभरको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएको ट्रम्पले शनिबार सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । सामान्य ज्ञान र महान बुद्धिमत्ता प्रयोग गरेको भन्दै ट्रम्पले दुबै देशलाई बधाई दिएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानले एकअर्का विरुद्ध भएका घातक आक्रमणहरूपछि युद्धविराममा सहमति जनाएर विवेकी भएको बताएका छन् ।
भारत र पाकिस्तान सरकारहरू तत्काल युद्धविराम गर्न र तटस्थ स्थानमा व्यापक मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएको घोषणा गर्न पाउँदा खुसी भएको रुबियोले शनिबार बताएका छन् ।

रुबियोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका पाकिस्तानी समकक्षी शेहबाज शरीफको शान्तिको बाटो रोज्ने बुद्धिमत्ता र विवेक को लागि प्रशंसा गरेका छन् ।शनिबारको सुरुमा रुबियोले दुवै देशका विदेशमन्त्रीहरूसँग कुरा गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच पाकिस्तानका विदेशमन्त्री इशाक दारले पाकिस्तान र भारत तत्काल युद्धविराममा सहमत भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाको पुष्टि गर्दै पाकिस्तानले यसको पुष्टी गरेको हो । भारत र पाकिस्तानले शनिबार राति एकअर्कालाई आक्रमणको आरोप लगाएपछि आश्चर्यजनक युद्धविराम घोषणा भएको हो।

भारतले पनि दुई छिमेकीहरूबीच भएको सैन्य कारबाही रोक्न नयाँ दिल्ली र इस्लामाबादबीच समझदारी भएको बताएको छ। भारतका विदेश सचिव विक्रम मिश्रीले भारत र पाकिस्तानले युद्धविराममा सहमति जनाएको पुष्टि गरेका हुन् । स्थानीय समय अनुसार साँझ ५ बजे देखि युद्धविराम लागू भएको छ।

पत्रकार सम्मेलनको क्रममा मिश्रीले पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले शनिबार स्थानीय समय अनुसार दिउँसो आफ्नो भारतीय समकक्षीसँग फोनमा कुराकानी गरेका बताएका छन् । दुवै पक्षले भारतीय मानक समय अनुसार साँझ ५ बजेदेखि सबै गोलीबारी र सैन्य कारबाही बन्द गर्ने कुरामा सहमति भएको उनले बताएका छन् । दुई देशका महानिर्देशकहरूले सोमबार फेरि कुरा गर्ने कार्यक्रम छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com