अलाबामा विश्वविद्यालयमा ट्रम्पको सम्बोधन, बाहिर विरोधमा प्रर्दशन


प्रकाशित मिति : बैशाख १८, २०८२ बिहीबार

राष्ट्रपति डोनाल्ड ट्रम्पले अलाबामा विश्वविद्यालयमा स्नातक विद्यार्थीहरूलाई सम्बोधन गरेका छन ।

संबोधनका क्रममा उनले आलोचकहरूप्रति गुनासो, न्यायाधीशहरूलाई आफ्नो कार्यसूचीमा हस्तक्षेप गरेको आरोप र पूर्वराष्ट्रपति जो बाइडेनमाथि आक्रमणसमेत गरेका थिए ।

अत्यधिक ट्रम्प समर्थक रहेको अलाबामा राज्यमा आयोजित यो कार्यक्रममा ट्रम्पको विशिष्ट शैलीको राजनीतिक भाषणलाई दर्शकहरूले सकारात्मक रूपमा स्वागत गरे।

“तपाईंहरू अमेरिका पुनः महान बन्न थालेको ुगोल्डेन एजु को पहिलो स्नातक समूह हो,” ट्रम्पले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर त्यो भनाइपछि तुरुन्तै उनले आफ्नो प्रायः चुनावी शैलीमा देशलाई आफूले पद सम्हाल्नु अघि “लुटिएको” भन्दै चार वर्षको बाइडेन शासनकाल “राष्ट्रका लागि खराब” भएको टिप्पणी गरे।

“तर त्यसबाट नडराउनुहोस्,” उनले भने, “त्यो केवल एउटा अपवाद थियो।” ट्रम्प यसअघि पनि त्यस्ता गैर राजनीतिक अवसरहरूमा विवादास्पद राजनीतिक टिप्पणीहरू गर्ने इतिहास बोकेको नेता हुन् ।

ट्रम्पले आफ्नो पहिलो १०० दिनको सफलताको चर्चा गर्दै सञ्चारमाध्यमको आलोचना पनि गरे ।

उनले भने, “अब तपाईंहरूले अहिलेसम्मभन्दा धेरै मेहनत गर्नु पर्ने समय हो। आफ्नो सीमा पत्ता लगाउनुहोस् र त्यसलाई चिर्दै अगाडि बढ्नुहोस्।”

पूर्व फुटबल प्रशिक्षक निक सेबनले ट्रम्पको पहिलो कार्यकालमा २०१८ मा ओवल अफिस भ्रमण गरेको अनुभव सुनाउदै ट्रम्पलाई “सद्भावयुक्त आतिथ्य गर्ने” व्यक्तित्वको रूपमा वर्णन गरे।

स्नातक विद्यार्थीहरूले ट्रम्पको उपस्थितिलाई ऐतिहासिक अनुभवका रूपमा लिए । २२ वर्षीया एमिली अप्पलले यसलाई “स्नातक जीवनको चेरी अन टप” भनेकी छन् ।

एक माइल टाढा रहेको पार्कमा “टाइड अगेंस्ट ट्रम्प” नामक प्रतिवाद कार्यक्रममा सयौं मानिस भेला भएका थिए । कार्यक्रमको आयोजना कलेज डेमोक्र्याट्सले गरेका थिए । यसमा पूर्व राष्ट्रपति उम्मेदवार बेटो ओ’रुर्क र पूर्व सेनाटर डग जोन्सले सम्बोधन गरे।

२० वर्षीय जीवविज्ञानका विद्यार्थी ऐडन मेयर्सले ट्रम्पलाई निम्त्याउनु विश्वविद्यालयको धोका भएको बताए । “ट्रम्पले विश्वविद्यालय र प्राज्ञिक स्वतन्त्रतालाई सधैं खतरा बनाएका छन्,” उनले भने।

ओ’रुर्कले भने, “ट्रम्पले यो समारोह पनि आफैंबारे बनाएका छन्।” उनले युवाहरूलाई आवाज उठाउन र अमेरिका फर्काउन आग्रह गरे। जोन्सले भने, “यो केवल विरोध होइन, यो एउटा आन्दोलन हो।”

अमेरिकाको नागरिक अधिकार संगठन ले पनि ट्रम्पको नीतिले विशेषतः अश्वेत विद्यार्थीहरूलाई असर गरेको भन्दै आलोचना गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com