उत्तर कोरियाबारे जान्नुपर्ने ९ कुरा


प्रकाशित मिति : आश्विन १५, २०७४ आईतबार

उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाले एक अर्कालाई चेतावनी दिइरहँदा उत्तर कोरीयाका जनताले दुई देशबीच चलिरहेको वाकयुद्धलाई कसरी हेरिरहेका छन् भन्ने खासै जनाकारी छैन।

किनभने किम जङ-अनले उनको जनतामाथि कडा पकड कायम गरेका छन् र सावधानीका साथ उत्तर कोरियाली जनताको बाहिरी संसारसँग हुने पहुँचमा नियन्त्रण गरेका छन्।

उत्तर कोरियालाई प्रायः एक्लिएको र २१औं शताब्दीसँग मेल नखाने भनिन्छ।

उत्तर कोरियासँग सम्बन्धित तथ्याङ्क पाउन गाह्रो छ र कतिपय त अनुमानमा पनि आधारित हुन्छन्।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

तर यी सबले हामीलाई उत्तर कोरियाको जीवन बारे के भन्न सक्छ्न् त?

पारिवारिक वंश र प्रजातन्त्र

किम इल-सङले सन् १९४८ मा प्रभावकारितका साथ उत्तर कोरियाको स्थापना गरेका थिए र त्यससँगै बुवाबाट छोरामा सत्ता हस्तान्तरण हुने गरी परिवारिक वंशको आधारमा हुने शासनव्यवस्था पनि शुरुवात गरे।

यही अवधिमा दक्षिण कोरियाले ६ वटा गणतान्त्रिक शासन, एउटा क्रान्ति, केही ‘कू’ लगायत संक्रमणकाल पार गर्दै स्वतन्त्र र निष्पक्ष चुनावसम्म आइपुग्यो ।

दक्षिण कोरियामा हालसम्म १२ जना राष्ट्रपतिले १९ वटा कार्यकालको शासन गरे ।

उत्तर कोरियाली नेताहरु दक्षिण कोरियाली नेताहरु
किम इल-संग सिंमेन री
किम जंङ-इल युन बो सेन
किम जंङ-अन पाक चुङ ही
चोय ग्यू हा
चुन डो ह्वान
रु तेइ उ
किम योङ साम
किम डेइ जुङ
रोमो हिउन
लि मिउङ बाक
पाक गुन हे
मुन जे इन

मुश्किलले कोहीसँग मोबाइल छ

सन् २०१५ को तथ्याङ्क अनुसार, उत्तर कोरियामा ३० लाख र दक्षिण कोरियामा ५ करोड ८९ लाख मोबाइल ग्राहक छन्।

३० लाख मोबाइल फोन भनेको धेरै जस्तो देखिन सक्छ।

तर २ करोड ५० लाख जनसंख्या भएको देशमा यो हरेक १० जनामा एक जनासँग मोबाइल फोन भएको जस्तो हो।

मोबाइलको अधिकांश प्रयोगकर्ताहरु राजधानी प्योङयाङमै केन्द्रित छन्।

उत्तर कोरियाको मोबाइल बजार सीमित छ तर बढ्दो छ।

कर्योलिङ्क त्यहाँको एकमात्र नेटवर्क हो।

शुरुमा इजिप्सियन टेलिफोन कम्पनी ओरास्क्रमसँगको साझेदारीमा यो स्थापना भएको थियो र लामो समयसम्म यो त्यहाँको एकमात्र विकल्प थियो।

तर सन् २०१५ मा ओरास्क्रमले उत्तर कोरियाले बेयोल नामको प्रतिद्वन्द्वी नेटवर्क बनाउन लागेको पत्ता लगायो।

र, लगानीकर्ताहरुलाई उसले ३० लाख ग्राहकमाथिको नियन्त्रण गुमाएको खुलासा गर्न बाध्य भयो।

ग्राहकहरुको संख्यामा शंका गर्न सक्ने कारण भने छ।

जन्स हप्किन्स् विश्वविद्यालयस्थित अमेरिका-कोरिया संस्थाले गरेको एक अध्ययनले उत्तर कोरियालीहरुले समय थप्नुभन्दा नयाँ ग्राहक बन्नु फाइदाजनक हुने हिसाब निकालेका कारण पनि मोबाइल प्रयोग गर्नेको संख्या बढेको हुनसक्ने देखाएको छ।

मोबाइलको कमीबाहेक धेरै उत्तर कोरियालीहरुलाई राष्ट्रको ‘निजी इन्टरनेट’ मात्र प्रयोग गर्ने अनुमति दिइएको छ।

यो देशको निजी इन्टरनेट सेवालाई प्रभावकारी रुपमा राष्ट्रव्यापी रुपमा संचालित सीमित स्थानीय नेटवर्कमा मात्र काम गर्न सक्ने इन्ट्रानेट हो।

सन् २०१६को एक प्रतिवेदनका अनुसार उत्तर कोरियामा जम्मा २८ वटा डोमेन दर्ता भएका छन्।

उत्तर कोरियाका मानिस दक्षिणभन्दा होचा छन्

उत्तर कोरिया

यो शहरतिरको कल्पितकथा जस्तो सुनिन सक्छ तर केही अध्ययनहरुले उत्तर कोरियाका पुरुषहरु औसतमा दक्षिणका भन्दा होचो हुने सुझाएका छन्।

सोलस्थित सुङकुन्वाङ विश्वविद्यालयका प्राध्यापक ड्यानियल स्वेचवेकेनडिएकले उत्तर कोरियाली शरराणर्थीहरुले दक्षिण कोरियाको सीमा पार गर्दा उनीहरुको उचाइको अध्ययन गरेका थिए।

दुई कोरियाली मुलुकका पुरुषहरुको उचाइ औसतमा ३-८ सेन्टिमिटरको फरक रहेको पत्ता लगाएका थिए।

उनी उचाइमा भिन्नताको कारण वंशाणुगत हुन नसक्ने बताउँछन् किनकि दुवै जनसंख्या एकै हुन्।

खाद्यान्नको अभावका कारण नै सामान्यतयाः उत्तर कोरियालीहरु होचो हुनुको प्रमुख कारण रहेको मानिन्छ।

उत्तर कोरियाका सडक खराब छन्

उत्तर कोरियाउत्तर कोरियामा सार्वजनिक सवारी साधनका लागि मानिसहरुको लामो लाइन लाग्ने गर्छ

उत्तर कोरियाबाट देखाइने दृश्यहरुमा राजधानी प्योङयाङका सडकहरु चिल्ला र फराकिला हुने गर्छन्।

र त्यी सडक सवारीसाधनले टनाटन भरिएका पनि हुँदैनन्।

तर शहर बाहिरको कथा अर्कै छ।

सन् २००६ को आँकडाअनुसार उत्तर कोरियासँग करिब २५,५५४ किलोमिटर लामो सडक छ।

तर त्यसमध्ये जम्मा ३ प्रतिशतमा मात्र कालोपत्रे गरिएका छन्।

त्यस्तै हरेक हजार उत्तर कोरियालीमध्ये केवल ११ जनाको मात्र मोटरको स्वामित्व छ भन्ने अनुमान गरिएको छ।

यसको मतलब बस चढ्ने स्थानहरुमा यात्रुको लामो लाम हुने गर्दछ।

कोइला: उत्तरको प्रमुख आर्थिक आधार

उत्तर कोरिया उसको अर्थतन्त्र डुब्नबाट बचाउनका लागि कोइला निर्यातमै भर पर्छ तर यसको सही मापन गर्न गाह्रो छ, किनभने यसको तथ्याङ्क कोइला आयात गर्ने राष्ट्रहरुबाट प्राप्त हुन्छ।

उत्तर कोरियाबाट धेरै कोइला चीन निर्यात हुन्छ, जसले सन् २०१७ फ्रेबुअरीदेखि उत्तर कोरियाबाट हुने आयात प्रतिबन्ध गर्‍यो।

यद्यपि केही विश्लेषकहरुले प्रतिबन्धको प्रकृतिमा प्रश्न गरेका छन्।

प्रिन्सटन इन्स्टिच्युट फर इन्टरन्यासनल इकोनोमिक्सका अध्ययन विश्लेषक केन्ट बोइडस्टन भन्छन्, “प्रतिबन्धपछि पनि उत्तर कोरियाली पानी जहाजहरु चीन बन्दरगाहको कोइला टर्मिनलमा रोकिएको देख्ने मानिसहरु छन्। म ठान्दछु चीनले कोइला आयात रोकेको छ तर पूर्ण रुपमा भने होइन,” ,

तर दुवै कोरियालीहरु योभन्दा धेरै मेल खाने गर्दथे

सन् १९७३ सम्म सम्पत्तिको आधारमा उत्तर र दक्षिण कोरिया निकै समान थिए।

त्यस यता दक्षिण कोरियाले ठूलै छलाङ् मार्‍यो र अहिले प्रमुख ‌औद्योगिक उत्पादक बनेको छ।

स्यामसङ र ह्युन्डे जस्ता उसका कम्पनी विश्वब्रान्ड बनेका छन्।

उत्तर कोरिया सन् १९८०को दशकदेखि स्थिर रह्यो जब ऊ कठोरताका साथ राज्यद्वारा संचालित प्रणालीमा अड्कियो।

सैन्य शक्ति

जनसंख्याको आधारमा उत्तर कोरिया ५२औं ठूलो देश हो र ऊसँग विश्वकै चोथौ ठूलो सैनिक भएको ठानिन्छ।

उत्तर कोरियामा सैनिकमाथि राज्यको कुल गार्ह्रस्थ उत्पादनको २५ प्रतिशत खर्च हुने गरेको अनुमान गरिएको छ।

र हरेक उत्तर कोरियाली पुरुषले कुनै न कुनै किसिमको सैन्य प्रशिक्षण गरेकै हुन्छ।

दक्षिण कोरियालीहरु बढी बाँच्दछन्

उत्तर कोरिया

सन् १९९० ताका भएका श्रृङखलाबद्भ भोकमरीका कारण उत्तर कोरियालीहरुको ‍औसत आयु स्वात्तै घट्यो।

तर यो कारण बाहेक पनि उत्तर कोरियालीहरुको औसत आयु करिब १२ वर्ष कम छ।

उत्तर कोरियामा खाद्यान्नको अभाव छ र दक्षिण कोरियालीहरु उनीहरु भन्दा बढी बाँच्नुको पछाडिका अन्य थुप्रै कारणहरु मध्यै यो पनि एक हो।

….तर उत्तर कोरियालीहरुले धेरै बच्चा जन्माउँछन्

सन् २०१७ मा दक्षिण कोरियाको जन्मदर अहिलेसम्मकै सबैभन्दा कम थियो।

दशकयता उसले घट्दो जन्मदर बढाउन संघर्ष गरिरहेको छ।

बच्चाले पाउने सुविधा, बच्चाको जन्मपछि बाबुआमाले पाउने बिदा लगायतका अन्य सुविधा र बाँझोपनको उपचारका लागि दक्षिण कोरियाले करिब ७० अर्ब अमेरिकी डलर खर्च गरिसकेको छ।

 BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com