टीकाको उत्तम साइत विहान ११ बजेर ५५ मिनेटमा


प्रकाशित मिति : आश्विन १४, २०७४ शनिबार

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत विहान ११ बजेर ५५ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

विजया दशमी टीकाको दिन मान्यजनहरुबाट टीका र जमरा थापेर आशिर्वाद लिने चलन रहिआएको छ । दशैंको टीकाको दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत छ । देवी विसर्जन गरिसकेपछि बिहान ११ बजेर ५५ मिनेटको साइतमा टीका लगाउन उत्तम हुने बताइएको छ । टीका र जमरालाई दूर्गादेवीको प्रसादको रुपमा लगाउने प्रचलन छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com