आवश्यक कागजातबिना पोर्चुगलमा बसोबास अनुमतिपत्र र नवीकरणका आवेदन स्वीकार गर्न बन्द


प्रकाशित मिति : बैशाख १६, २०८२ मंगलबार

पोर्चुगलको अध्यागमन एजेन्सी आइमाले सबै आवश्यक कागजातहरू नभएमा पोर्चुगलमा बसोबास अनुमति प्रदान गर्ने र नवीकरणका आवेदनहरू स्वीकार गर्न बन्द गरेको छ। आइमाका अनुसार, २८ अप्रिल २०२५ देखि विदेशी ऐन अन्तर्गत गरिएका अनुरोधहरू पूर्ण भएमा मात्र स्वीकार गरिनेछ।

आइमाले एक विज्ञप्तिमा जनाएको छ कि विश्लेषण र निर्णयका लागि कानूनले तोकेका र आवश्यक ठानेका सबै कागजातहरू समावेश भएमा मात्र त्यस्ता आवेदनहरू स्वीकार गरिनेछन्। आइमाको भनाइ छ कि आवेदकहरूसँग कानूनी रूपमा आवश्यक सबै कागजातहरू हुनुपर्ने र पेश गर्नुपर्नेछ, र त्यसो भएमा मात्र छिटो निर्णयको वाचा गर्न सकिनेछ।

विदेशी कानून र १७ जनवरी, २०२४ को नियामक कानून अन्तर्गत आवश्यक सबै तत्वहरू पूर्ण नभएका बसोबास अनुमति प्रदान र नवीकरणका लागि आवेदनहरू सेवाका लागि स्वीकार नगरिने आइमाको चेतावनी छ। यो नियमबाट पोर्चुगलमा बसोबास गर्ने हजारौं नेपालीहरू प्रभावित हुनेछन्।

गत सेप्टेम्बरसम्मको तथ्याङ्कअनुसार पोर्चुगलमा कानूनी रूपमा बस्ने नेपालीको संख्या २९ हजार ९ सय ७२ रहेको थियो। पोर्चुगल निवासी विश्वका आप्रवासीहरूमा नेपालीहरू आठौं नम्बरमा रहेका छन् भने पोर्चुगलको कुल आप्रवासी जनसंख्याको २ दशमलव ९ प्रतिशत रहेका छन्। आइमाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पोर्चुगलमा चिनियाँको तुलनामा समेत नेपालीहरूको जनसंख्या बढी भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोर्चुगलमा रहेका आप्रवासी जनसंख्यामा पहिलोमा ब्राजिल, दोस्रोमा एङ्गोला, तेस्रोमा केप भर्दे, चौथोमा यूके, पाँचौंमा इन्डिया, छैटौंमा इटाली र सातौंमा गायना बिसौ रहेका छन्। आठौंमा रहेको नेपालपछि नवौंमा चीन रहेको छ। छ वर्षमा पोर्चुगलमा कानूनी रूपमा बस्ने विदेशीहरूको संख्या दोब्बरले बढेको छ। सन् २०१७ मा यो संख्या ४ लाख ८० हजार ३ सय रहेकोमा सन् २०२३ मा १० लाख नाघेको सरकारी तथ्याङ्कले जनाएको छ।

सन् २०२३ मा पोर्चुगलमा आप्रवासी जनसंख्या सबैभन्दा धेरै, झण्डै एक तिहाइले बढेको थियो। यो संख्याबाहेक अन्य हजारौं विदेशी नागरिक कागजातको पर्खाइमा रहेका छन्। अधिकारीहरूका अनुसार सन् २०२३ को अन्त्यमा ४ लाख आवेदनहरू पेन्डिङ प्रक्रियामा थिए, जसमा नेपालीहरूको संख्यासमेत उल्लेख्य रहेको छ।

पोर्चुगलमा आप्रवासनमा वृद्धि भएपछि सरकारले गत वर्ष अध्यागमनबारेका नीतिहरू परिवर्तन गरेको थियो। जसअनुसार पोर्चुगलले सोसल सेक्युरिटी इन्रोलमेन्ट नम्बर अर्थात् निस नम्बर आवेदनका सन्दर्भमा मापदण्डहरू पनि कडा बनाएको थियो। पोर्चुगलमा रेसिडेन्ट पर्मिट आवेदनपछि मात्र सोसल सेक्युरिटी नम्बर आवेदन दिन पाइने नियम ल्याइएको थियो।

त्योभन्दा अगाडि विदेशी नागरिकहरूले रेसिडेन्ट पर्मिटको लागि आवेदन गर्नुअघि नै निस नम्बरका लागि आवेदन दिन सक्ने प्रावधान रहेको थियो। विगतमा पहिचान कागजातहरूमा आवेदकले राहदानी वा ईयूको मान्य परिचय पत्र मात्र प्रदान गर्न सक्ने भए तापनि गत वर्षदेखि आवेदकहरूले यसका अतिरिक्त रोजगारी स्थितिको कागजात पेश गर्नुपर्ने नियम ल्याइएको हो। जसमा रोजगार सम्झौता, स्वरोजगारको प्रमाणीकरण, वा कम्पनी दर्ता प्रमाणपत्र हुन सक्छन्। साथै, रेसिडेन्ट पर्मिट आवेदन दिएको प्रमाण पनि चाहिन्छ।

पोर्चुगलले गत वर्ष परिवर्तन गरेको नियमअनुसार पोर्चुगल सरकारले विदेशीहरूलाई पोर्चुगल प्रवेश गर्न र त्यसपछि आवास अनुमतिको लागि आवेदन दिन अनुमति दिने नियमको अन्त्य गरेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com