कोलोराडोको एक भूमिगत नाइटक्लबबाट १०० भन्दा बढी कागजातविहीन आप्रवासी पक्राउ


प्रकाशित मिति : बैशाख १४, २०८२ आईतबार

संघीय एजेन्टहरूले आइतबार बिहान कोलोराडोको एक भूमिगत नाइटक्लबमा छापा मारेर १०० भन्दा बढी कागजात नभएका आप्रवासीहरूलाई पक्राउ गरे। डेनभरबाट करिब ७० माइल दक्षिणमा रहेको कोलोराडो स्प्रिङ्सको एक क्लबमा छापा मारिएको थियो।

संघीय अधिकारीहरूका अनुसार क्लबभित्र २०० भन्दा बढी व्यक्तिहरू थिए, जसमध्ये ११४ जना गैरकानूनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका थिए। अधिकारीहरूले अमेरिकी सेनाका एक दर्जनभन्दा बढी सक्रिय सदस्यहरूलाई पनि हिरासतमा लिएको बताएका छन्।

अधिकारीहरूका अनुसार नाइटक्लबभित्र हतियार र अवैध लागूपदार्थ फेला परेको थियो। नाइटक्लबबाट कोकेन, मेथाम्फेटामाइन र गुलाबी कोकेन भनेर चिनिने लागूपदार्थको मिश्रणसमेत बरामद गरिएको छ।

एक पत्रकार सम्मेलनमा अधिकारीहरूले बताएअनुसार क्लब महिनौंदेखि कानुन कार्यान्वयन निकायको निगरानीमा थियो र क्लबभित्र लागुऔषध तस्करी, वेश्यावृत्ति र हिंसाका अपराधहरू भइरहेका थिए। क्लबबाट पक्राउ परेकाहरूलाई आइसले हिरासतमा लिएको छ। अधिकारीहरूका अनुसार सेनाका सदस्यहरूले क्लबमा सुरक्षा सञ्चालन गरिरहेका थिए र तीमध्ये केही अपराधहरूमा संलग्न थिए भन्ने दाबी गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेनाका सदस्यहरूलाई अमेरिकी सेनाको आपराधिक अनुसन्धान विभागलाई हस्तान्तरण गरिएको छ। अनुसन्धानको क्रममा अधिकारीहरूले क्लबभित्र हेल्स एन्जल्स, एमएस १३ र ट्रेन डे अरागुआ गिरोहका सदस्यहरू देखेको दाबी गरेका छन्।

लागुऔषध कारबाही प्रशासन र ट्रम्प प्रशासनका धेरै सदस्यहरूले आइतबार आफ्नो सामाजिक सञ्जालमा छापा मारेका भिडियो र तस्बिरहरू पोस्ट गरेका छन्। लागुऔषध कारबाही प्रशासनको रकी माउन्टेन डिभिजनले पोस्ट गरेको एउटा भिडियोमा एजेन्टहरूले झ्याल फुटाएको देख्न सकिन्छ। एजेन्टहरूले झ्याल फुटाएपछि धेरै मानिसहरू भवनबाट बाहिर निस्केको र हात उठाएको देखिएको छ।

हिरासतमा लिइएका कागजात नभएका आप्रवासीहरूलाई “प्रशोधन र सम्भावित रूपमा निर्वासनको लागि” बसहरूमा राखिएको थियो। छापामा भाग लिने धेरै एजेन्सीहरूका लगभग ३०० कानून प्रवर्तन एजेन्टहरू रहेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com