वर्ष दिनमा बनेन संविधान कार्यान्वयन अनुगमन समिति


प्रकाशित मिति : भाद्र २६, २०७३ आईतबार

संविधान जारी भएको एक वर्ष पूरा हुन लाग्दा पनि संविधानको व्यवस्थाअनुसार संविधान कार्यान्वयन अनुगमन समिति गठन हुन सकेको छैन । पहिलो संविधान दिवस आउनै लाग्दा समेत प्रमुख राजनीतिक दलबीच समिति गठनका लागि सार्थक प्रयास समेत भएको छैन ।

संविधान कार्यान्वयन अनुगमन तथा निर्देशन समितिमात्र हैन संविधानको परिकल्पना रहेको संवैधानिक आयोगका पदाधिकारीको महाअभियोग निक्र्याेलका लागि गठन हुनुपर्ने महाअभियोग सिफारिस समिति पनि बनेको छैन । संसद्बाट गठन हुने ती दुई समिति गठनका लागि सभामुखबाट पनि सक्रिय पहल भएको छैन ।

संविधानको धारा ५४ ले संविधान कार्यान्वयन अनुगमन तथा निर्देशन समितिको व्यवस्था गरेको छ । यस्तै, धारा १०१ ले संवैधानिक निकायका पदाधिकारीको महाअभियोग सिफारिसका लागि समिति गठनको व्यवस्था गरेको छ । संविधानको उक्त व्यवस्थालाई संसद् कार्यसञ्चालन नियमावलीले कार्यविधिमा व्यवस्था गरे पनि समिति गठनमा भने कुनै पहल भएको छैन ।

सभामुख ओनसरी घर्तीले समिति गठनका लागि प्रमुख दलबीच पहल गरिरहेको बताइन् । घर्तीले भनिन्, ‘दुई समिति संसद्ले गठन गर्नुपर्नेछ । महाअभियोग सिफारिस समिति र संविधान कार्यान्वयन अनुगमन तथा निर्देशन समिति गठन हुनुपर्नेछ । मैले दलहरूसँग यस विषयमा पटकपटक कुरा पनि राखेको छु ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संविधानको धारा ५४ ले संविधानका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमनका लागि समितिको व्यवस्था गरेको हो । समितिलाई कार्यान्वयनको अनुगमन तथा निर्देशनको समेत अधिकार रहनेछ । संविधानको व्यवस्थाअनुसार संसद् नियमावलीको नियम १८६ ले बढीमा ५१ सदस्यीय समिति गठनको व्यवस्था गरेको छ ।

समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा गठन हुने समितिले संविधानको धारा ५४ को अधीनमा रही राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन भए नभएको अध्ययन गर्नेछ । यस्तै, आर्थिक सामाजिक रूपान्तरण, समावेशीकरण, व्यक्ति बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको काम कारबाहीबारे पनि अध्ययन र निर्देशनको क्षेत्रधिकार समितिलाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com