पुरानो कुमारी मतिनाको बिदाइ, नया कुमारी तृष्णाको स्वागत,
प्रकाशित मिति : आश्विन १२, २०७४ बिहीबार

ओमबहालको विश्वकर्म महाविहारकी तृष्णा शाक्य नयाँ कुमारी भएकीछिन् । विधिवत् रूपमा वसन्तपुरको कुमारी घरमा भित्र्याएपछि उनी ‘लायु कुमारी’भएकी हुन् । उनले वर्तमान कुमारी मतिना शाक्यको स्थान लिनेछिन् । मतिना १२ वर्ष पुगेकी हुँदा उनलाई फेर्नुपरेको हो । नयाँ कुमारी हुने तृष्णा साढे तीन वर्षकी छन् ।

उनी यसैपल्टदेखि स्कुल जान सुरु गरेकी हुन् । उनी विजय शाक्य र सिर्जना शाक्यकी छोरी हुन् ।


मतिना गणतान्त्रिक नेपालकी पहिलो कुमारी हुन् । उनी नेपालका पहिलो राष्ट्रपतिलाई टीका लगाउने ऐतिहासिक कुमारी हुन् । उनी प्रतापमान शाक्य र सुनीता शाक्यकी कान्छी छोरी हुन् । उनकी एक दिदी छिन् । कुमारीघरमा रहेर उनी ग्रिनपिस स्कुलको कक्षा ७ मा अध्ययनरत थिइन् ।

