राष्ट्रपति ट्रम्पले भने – कागजातविहीन आप्रवासीहरूलाई मुद्दा चलाउने अधिकार दिनुहुन्न


प्रकाशित मिति : बैशाख १०, २०८२ बुधबार

Trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासीहरूलाई मुद्दा चलाउने अधिकार नहुनुपर्ने दाबी गर्दै आफ्नो प्रशासनले तिनीहरूलाई न्यायाधीशको सामुन्ने नपरी देशनिकाला गर्न सक्नुपर्ने बताएका छन्। ओभल कार्यालयमा पत्रकारहरूको अगाडि मंगलबार व्यक्त यो विचारले अमेरिकाको न्यायपालिका र संवैधानिक प्रक्रियामाथि ठूलो विवाद खडा गरेको छ।

ट्रम्पले कंगो र भेनेजुएलाजस्ता देशहरूले आफ्ना जेलहरू अमेरिकामा खाली गरेको र ती देशका ‘हत्यारा, लागूपदार्थ कारोबारी र मानसिक रोगीहरू’ लाई छिटो देशनिकाला गर्न संवैधानिक प्रक्रियालाई बाइपास गर्नुपर्ने आवश्यकता रहेको गलत दाबी गरे। उनले भने, “हामीसँग हजारौं मानिसहरू बाहिर जान तयार छन्, तर सबैका लागि मुद्दा चलाउन सकिँदैन। यो प्रणाली त्यसरी बनाइएको होइन।”

उनको यो टिप्पणीले तीव्र आलोचना निम्त्याएको छ। इलिनोइसका डेमोक्र्याट प्रतिनिधि जोनाथन एल. ज्याक्सनले सामाजिक सञ्जालमा लेखे, “सबैलाई मुद्दा दिन सकिँदैन भन्नु तानाशाही कुरा हो। उचित प्रक्रिया असुविधाजनक भएकाले वैकल्पिक हुँदैन।”

ट्रम्पको टिप्पणी सर्वोच्च अदालतले हालै भेनेजुएलाका आप्रवासीहरूको समूहलाई, जसलाई ग्याङ सदस्य भएको आरोप लगाइएको थियो, देशनिकाला गर्नबाट अस्थायी रूपमा रोकेपछि आएको हो। ट्रम्पले गत महिना सन् १७९८ को एलियन इनेमिज एक्ट प्रयोग गरी भेनेजुएलाको हिंसक ग्याङ ट्रेन डे अरागुआका कथित सदस्यहरूलाई देशनिकाला गर्ने घोषणा गरेका थिए। यो कानून अमेरिकी इतिहासमा केवल तीन पटक प्रयोग भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच, मेरिल्याण्डमा बस्ने एक सल्भाडोरन पुरुषलाई “प्रशासनिक त्रुटि” का कारण देशनिकाला गरिएको घटनाले पनि ट्रम्प प्रशासनलाई विवादमा तानेको छ। सर्वोच्च अदालतले उनलाई कानूनी प्रक्रियाका लागि फिर्ता ल्याउन आदेश दिएको भए पनि ह्वाइट हाउसले यो आदेश अझै पालना गरेको छैन। ह्वाइट हाउसले सामाजिक सञ्जालमा उक्त व्यक्ति “कहिल्यै फर्केर नआउने” दाबी गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com