पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन


प्रकाशित मिति : बैशाख ८, २०८२ सोमबार

(FILES) Pope Francis censes as he leads mass at Nicosia’s main football stadium, in the Cypriot capital Nicosia, Europe’s last divided capital, on December 3, 2021. Pope Francis died on April 21, 2025 announced The Vatican. (Photo by ANDREAS SOLARO / AFP)

पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ । इस्टर आइतबार सेन्ट पिटर्स स्क्वायरमा धेरै आशा गरिएको उपस्थिति देखाएको एक दिनपछि भ्याटिकनले एक वक्तव्यमा पोपको निधन भएको बताएको छ ।

“प्रिय दाजुभाइ र दिदीबहिनीहरू, मैले गहिरो दुःखका साथ हाम्रा पवित्र पिता फ्रान्सिसको निधनको घोषणा गर्नुपर्दछ”, कार्डिनल केभिन फारेलले भ्याटिकनद्वारा आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित वक्तव्यमा भने, “आज बिहान ७ः३५ बजे (०५३५ जिएमटी) रोमका बिशप, फ्रान्सिस, पिताको घरमा फर्किनुभयो, उहाँको सम्पूर्ण जीवन प्रभु र उहाँको चर्चको सेवामा समर्पित थियो ।”

गम्भीर बिमारीपछि अझै पनि आराम गरिरहेको भए तापनि इस्टर आइतबार सेन्ट पिटर्स बेसिलिका बालकोनीमा देखा परेर भ्याटिकनमा भक्तहरूको भीडलाई प्रसन्न तुल्याएको ठिक एक दिनपछि फ्रान्सिसको निधन भयो ।

फ्रान्सिस यस वर्ष निमोनियाबाट पीडित हुँदा दुई पटक मृत्युको नजिक पुगेका थिए । मार्च २३ मा डिस्चार्ज हुनुअघि उनले अस्पतालमा ३८ दिन बिताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइतबार उनले सेन्ट पिटर्स स्क्वायरमा भीडलाई हात हल्लाउँदै ‘शुभ इस्टर’ शुभकामना दिएका थिए । आफ्नो परम्परागत ‘उर्बी एट ओर्बी’ (सहर र विश्वलाई) आशीर्वादमा उनले विचारको स्वतन्त्रता र सहिष्णुताको आह्वान गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com