रुसी राष्ट्रपति पुटिनद्वारा ३० घण्टे इस्टर युद्धविराम घोषणा, युक्रेनद्वारा अस्वीकार


प्रकाशित मिति : बैशाख ६, २०८२ शनिबार

RUSSIA-POLITICS-DEFENCE

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा शनिबार एकपक्षीय ३० घण्टे इस्टर युद्धविरामको घोषणा गरेका छन्। यो घोषणा अमेरिकाले मस्को र कीभले युद्ध रोक्न तयार नभएमा शान्ति वार्ता छोड्ने चेतावनी दिएपछि आएको हो। पुटिनले शनिबार साँझ ६ बजे (मस्को समय) देखि आइतबार मध्यरातसम्म सबै सैन्य गतिविधि रोक्न रुसी सेनालाई आदेश दिएका छन्।

‘मानवीय आधारमा रुसी पक्षले इस्टर युद्धविराम घोषणा गरेको छ। यो अवधिमा सबै सैन्य गतिविधि रोक्न आदेश दिन्छु’, पुटिनले रुसी जनरल स्टाफका प्रमुख भ्यालेरी गेरासिमोभलाई टेलिभिजनमा प्रसारित बैठकमा भने। उनले युक्रेनले पनि यो युद्धविरामको पालना गर्ने अपेक्षा गरेको तर सम्भावित उल्लंघन र आक्रमणको प्रतिकार गर्न सेनालाई तयार रहन निर्देशन दिए।

तर, युद्धविराम लागू हुन एक घण्टा बाँकी रहँदा कीभमा हवाई आक्रमणको साइरन बज्यो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको यो प्रस्तावलाई ‘मानव जीवनसँग खेल्ने अर्को प्रयास’ भन्दै खारेज गरे। युद्धविराम सुरु हुन ४५ मिनेटअघि युक्रेनी विमानहरू रुसी हवाई आक्रमणको प्रतिकारमा व्यस्त थिए। ‘हाम्रो आकाशमा इरानी शाहेद ड्रोनहरूले पुटिनको इस्टर र मानव जीवनप्रतिको वास्तविक मनोवृत्ति देखाउँछ’, जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेखे।

रुसी रक्षा मन्त्रालयले युद्धविरामको पालना गर्ने र यो युक्रेनले पनि सम्मान गरेको खण्डमा लागू हुने जनाएको छ। यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले शुक्रबार शान्ति वार्तामा प्रगति नभएमा मध्यस्थताबाट हट्ने बताएका थिए। पुटिनका दूत किरिल दिमित्रिएभले युद्धविरामको समाचार एक्समा पोस्ट गर्दै ूशान्तिको नजिक एक कदमू भनेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि गत महिना ट्रम्पको ३० दिनको युद्धविराम प्रस्ताव युक्रेनले स्वीकार गरे पनि मस्कोले अस्वीकार गरेको थियो। हालैको एक हप्ता अघि युक्रेनको सुमी शहरमा रुसी मिसाइल आक्रमणमा ३५ जनाको मृत्यु र १२० जना घाइते भएका थिए, जसले युक्रेन र युरोपेली सहयोगीहरूलाई अमेरिकालाई मस्कोसँग कडा नीति अपनाउन दबाब दिएको छ।

पुटिनले विगतमा पनि युद्धविरामको घोषणा गरेका थिए, जस्तै सन् २०२३ मा अर्थोडक्स क्रिसमसको लागि ३६ घण्टे युद्धविराम । तर, त्यसको युद्धभूमिमा खासै प्रभाव परेन। रुसको सन् २०२२ को युक्रेन आक्रमणले लाखौं सैनिक र नागरिकको ज्यान लिएको छ भने लाखौं विस्थापित भएका छन्।

पुटिनले युद्ध अन्त्य चाहेको बताए पनि युक्रेनले दाबी गरेको क्षेत्र छोड्ने र पश्चिमी गठबन्धनमा सामेल हुन नदिने सर्तबाट पछि हटेका छैनन्। युक्रेनले यी सर्त आत्मसमर्पण बराबर हुने र भविष्यमा रुसी आक्रमणबाट असुरक्षित बनाउने बताएको छ।

शनिबार नै युएईको मध्यस्थतामा रुस र युक्रेनबीच युद्धबन्दी आदानप्रदान भएको छ। दुवै पक्षले २४६-२४६ युद्धबन्दी रिहा गरे भने ३१ घाइते युक्रेनी सैनिकको सट्टा १५ घाइते रुसी सैनिक हस्तान्तरण गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com