अमेरिकामा एक भारतीय नागरिक पक्राउ, पञ्जाबमा चरमपन्थी हमलाहरूको षड्यन्त्र रचेको आरोप


प्रकाशित मिति : बैशाख ५, २०८२ शुक्रबार

पञ्जाबमा चरमपन्थी हमलाहरूको षड्यन्त्र रचेको अभियोगमा एक भारतीय व्यक्तिलाई अमेरिकामा पक्राउ गरिएको छ। पक्राउ पर्ने व्यक्ति हरप्रीत सिंह हुन्, जसलाई अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई) र इन्फोर्समेन्ट एन्ड रिमुभल अपरेसन्स (ईआरओ) ले स्याक्रामेन्टोमा पक्राउ गरेको हो।

एफबीआईका अनुसार, हरप्रीत सिंहको दुई अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरूसँग सम्बन्ध रहेको र उनी गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए। उनले पक्राउबाट बच्न बर्नर फोनहरूको प्रयोग गरेको पनि एफबीआईले दाबी गरेको बीबीसी हिन्दीले जनाएको छ। हाल उनी हिरासतमा छन् । यी आरोपहरूमा कुनै टिप्पणी गरेका छैनन्।

एक्समा पोस्ट गरिएको एक सन्देशमा एफबीआईले सिंहलाई ‘कथित आतंकवादी’ को रूपमा उल्लेख गर्दै भारतको पञ्जाबमा आतंकवादी हमलाहरूको लागि जिम्मेवार भएको बताएको छ। सिंहको अर्को नाम ह्याप्पी पासिया पनि रहेको बताइएको छ।

भारतको चण्डीगढमा सन् २०२४ मा भएको ग्रेनेड आक्रमणसँग सम्बन्धित मुद्दामा भारतीय अनुसन्धान अधिकारीहरूले उनको खोजी गरिरहेका थिए । यसै वर्षको जनवरीमा भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले हरप्रीत सिंहको सूचना दिनेलाई ५ लाख भारतीय रुपैयाँ इनाम दिने घोषणा गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com