अमेरिकामा जन्मिएकी एक अमेरिकी नागरिक डाक्टरलाई पनि तत्काल देश छाड्न सरकारी इमेल


प्रकाशित मिति : बैशाख ४, २०८२ बिहीबार

अमेरिकामा जन्मिएकी एक डाक्टरले अमेरिकाका संघीय आप्रवासन अधिकारीहरूबाट तत्काल देश छोड्न माग गर्दै पठाइएको इमेल प्राप्त गरेको बताएकी छन्। कनेक्टिकटको क्रमवेलकी डाक्टर लिसा एन्डरसनले पनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीबाट यस्तो इमेल प्राप्त गरेको बताएकी छिन्।

इमेलमा उनलाई अमेरिका छोड्ने समय आएको सूचित गरिएको थियो। आप्रवासन अधिकारीहरूले गैरनागरिकहरूलाई स्वेच्छाले देश छोड्न दबाब दिइरहेका छन्, किनकि देशनिकालाको संख्या गत वर्षको तुलनामा लगभग समान स्तरमा रहेको छ।

५८ वर्षीया एन्डरसनको जन्म पेन्सिल्भेनियामा भएको हो र उनी अमेरिकी नागरिक हुन्। तर आप्रवासन अधिकारीहरूले पठाएको इमेलको भाषा जसलाई लक्षित भए पनि उनीहरूका लागि निकै धम्कीपूर्ण रहेको उनले बताएकी छिन्। यद्यपि यो इमेल उनलाई सरकारले गल्तीले पठाएको विश्वास गरिएको छ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार अमेरिकामा कागजात नभएका आप्रवासीहरूलाई यस्ता सूचनाहरू जारी गरिएको छ। कुनै आप्रवासीले अमेरिकी नागरिकको सम्पर्क दिएको खण्डमा त्यस्ता इमेलहरू अमेरिकी नागरिकलाई प्राप्त भएको हुनसक्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीहरूको भनाइ छ। सीबीपीले सञ्चारको निगरानी गरिरहेको र कुनै पनि समस्यालाई व्यक्तिगत आधारमा समाधान गर्ने बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि यस्तै इमेल बोस्टनकी एक अध्यागमन वकिललाई पनि आएको थियो। उनी पनि अमेरिकी नागरिक थिइन्। वकिललाई सात दिनभित्र देश छोड्न भनिएको यस्तै इमेल प्राप्त भएको केही दिनपछि यो घटना भएको हो। वकिललाई पनि गल्तीले इमेल गएको विश्वास गरिएको छ।

वकिल निकोल मिचेरोनीले संघीय अधिकारीहरूबाट कुनै फलोअप नआएको बताएकी छिन्। एन्डरसनले इमेल प्राप्त गरेपछि सधैं आफ्नो अमेरिकी राहदानी बोकेर हिँडिरहेकी छिन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com