अमेरिकामा जन्मेकी अध्यागमन वकिललाई देश छोड्न होमल्याण्ड सेक्युरिटीको इमेल


प्रकाशित मिति : बैशाख २, २०८२ मंगलबार

अमेरिकाको म्यासाचुसेट्सकी एक अध्यागमन वकिललाई देश छोड्न भन्दै होमल्याण्ड सेक्युरिटीले इमेल पठाएको छ । अमेरिकामा नै जन्मेकी अमेरिकी नागरिक निकोल मिचेरोनीले आफूलाई अप्रिल ११ मा त्यस्तो इमेल आएको सार्वजनिक गरेकी छिन् ।

ट्रम्प प्रशासनको आप्रवासन अधिकारीहरूबाट प्राप्त गरेको प्यारोल समाप्तिको सूचना शीर्षकको इमेलमा उनलाई देश छोड्न भनिएको थियो। इमेलमा उनलाई अमेरिका छोड्ने समय आएको उल्लेख गरिएको थियो । साथै तुरुन्तै देश नछोडेमा कानूनी कारबाहीको सामना गर्नुपर्ने हुन सक्ने र अमेरिकाबाट देशनिकाला गरिने इमेलमा उल्लेख थियो ।

मिचेरोनीले सुरुमा त्यो इमेल कुनै क्लाइन्टको लागि भएको ठानेपनि राम्ररी हेर्दा इमेलमा उनको मात्र नाम थियो। अमेरिकी सरकारले उनलाई यो इमेल गल्तीले पठाइएको हुनसक्ने विश्वास गरिएको छ । तर यस्ता इमेलहरू अमेरिकी नागरिकहरूलाई पनि पठाइनु चिन्ताजनक भएको उनले बताइन् ।

ट्रम्प प्रशासनले गैर नागरिकहरूलाई अमेरिकाबाट हटाउन आक्रामक प्रयास गरिरहेको बेला यो इमेल आएको हो । ट्रम्पको देशनिकालाको प्रयासमा अमेरिकामा कानूनी रूपमा रहेका र कुनै अपराधमा आरोप नलागेका व्यक्तिहरू पनि समावेश छन्। ट्रम्पले अमेरिकी नागरिकहरूलाई पनि कुनै अनिर्दिष्ट अपराध गरेमा देशबाट हटाएर एल साल्भाडोरको जेलमा पठाउने कुरा खुलेर बोलेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी नागरिकहरूलाई अमेरिकाबाट हटाउनु स्पष्ट रूपमा गैरकानूनी भएको कानुनविदहरु बताउँछन् । मिचेरोनीले यो सूचना प्राप्त गर्नुको कारण उनको नाम र सम्पर्क जानकारी क्लाइन्टहरूको कागजातमा भएकाले उनसक्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीहरुको भनाई छ ।

सीबीपी अधिकारीहरूले इमेल ठेगानाहरू प्रयोग गरेर सूचनाहरू पठाएकाले यदि विदेशीले इमेलमा अमेरिकी नागरिकको सम्पर्क प्रदान गरेको भएमा सूचनाहरू अनपेक्षित प्राप्तकर्ताहरूलाई पठाइएको हुनसक्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीहरुले बताएका छन् । सीबीपीले सञ्चारको निगरानी गरिरहेको र कुनै पनि समस्यालाई व्यक्तिगत आधारमा सम्बोधन गर्ने जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com