चीनद्वारा अमेरिकी सामानमा भन्सार करलाई ८४ बाट बढाएर १२५ प्रतिशतमा वृद्धि


प्रकाशित मिति : चैत्र २९, २०८१ शुक्रबार

विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको व्यापार युद्ध थप तीव्र बनेको छ। शुक्रबार चीनले अमेरिकी सामानमा भन्सार करलाई ८४ प्रतिशतबाट १२५ प्रतिशतमा वृद्धि गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिविरुद्ध प्रतिक्रिया जनाएको छ। अमेरिकाले चिनियाँ आयातमा भन्सार दर १४५ प्रतिशत पुर्‍याएपछि चीनले यस्तो घोषणा गरेको हो ।

चिनियाँ वित्त मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘अमेरिकाले भन्सार कर वृद्धि जारी राखे पनि यसले आर्थिक अर्थ राख्दैन र विश्व अर्थतन्त्रको इतिहासमा हाँसोको विषय बन्नेछ।’ मन्त्रालयले हालको भन्सार दरमा अमेरिकी सामानको लागि चिनियाँ बजार लगभग समाप्त भएको र थप कर वृद्धिलाई बेइजिङले बेवास्ता गर्ने चेतावनी दिएको छ।

यता, ट्रम्प प्रशासनले बिहीबार चिनियाँ आयातमा कुल १४५ प्रतिशत भन्सार कर लागू भएको पुष्टि गरेको छ। यो दरमा फेब्रुअरी र मार्चमा लागू गरिएको २० प्रतिशत फेन्टानिल-सम्बन्धित कर र नयाँ १२५ प्रतिशत पारस्परिक कर समावेश छ।

विज्ञहरूले यो भन्सार युद्धले दुवै देशको अर्थतन्त्रमा गम्भीर असर पार्ने चेतावनी दिएका छन्। पिनपोइन्ट एसेट म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री झिवेई झाङले भने, ‘भन्सार कर वृद्धिको यो चरण अन्तिम हो। अब थप वृद्धिको कुनै अर्थ छैन।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले अमेरिका र चीनमा आर्थिक गतिविधिमा भएको क्षति मूल्यांकन गर्नुपर्ने र दुवै सरकारबीच वार्ताको सम्भावना नदेखिएको बताए।

गोल्डम्यान स्याक्सले अमेरिकी व्यापार तनाव र विश्वव्यापी आर्थिक सुस्तताका कारण चीनको जीडीपी वृद्धि अनुमानलाई ४ प्रतिशतमा झारेको छ। अमेरिकामा हुने चिनियाँ निर्यातले चीनको कुल जीडीपीको ३ प्रतिशत मात्र योगदान गरे पनि यसले १० देखि २० लाख कामदारको रोजगारीलाई प्रभावित गर्ने विश्लेषकहरूको अनुमान छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com