ट्रम्पका आर्थिक सल्लाहकारले भने – १० प्रतिशत आधारभूत कर कायम रहन्छ !


प्रकाशित मिति : चैत्र २८, २०८१ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक सल्लाहकार केभिन हासेटले चीनबाहेक सबै मुलुकका लागि १० प्रतिशत कर वृद्धि दर आगामी दिनमा पनि कायमै रहने बताएका छन् ।

ट्रम्पले विश्वव्यापी शेयर बजारलाई तहसनहस पारेको बुधबारदेखि लागु हुनेगरी चीनबाहेक सबै देशविरुद्ध उच्च करमा ९० दिनका लागि रोक लगाउने घोषणा गरेका थिए । अतिरिक्त करवृद्धिको कार्यान्वयनको घोषणाले अमेरिकी ऋणपत्र बजार समेतलाई भयभित बनाएको थियो ।

ट्रम्पको घोषणाले चीनलाई १२५ प्रतिशत करको सामना गरिरहेको छ, र लगभग सबै अन्य देशहरूले १० प्रतिशतको आधारभूत करवृद्धिको सामना गरिरहेका छन् ।

ह्वाइट हाउसको राष्ट्रिय आर्थिक परिषद्का निर्देशक हासेटले बिहीबार बजार खुल्नुअघि सीएनबीसीसँग कुरा गर्दै १० प्रतिशत कर कायम रहने सम्भावना रहेको बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भने, “मलाई लाग्छ, सबैले १० प्रतिशत आधारभूत शुल्कको अपेक्षा गरेका छन् र राष्ट्रपतिलाई त्यहाँभन्दा तल जानको लागि एक प्रकारको असाधारण सम्झौता आवश्यक हुनेछ।”

“हालैका दिनहरूमा ऋणपत्र बजारको प्रतिफलमा भएको तीव्र वृद्धिले ट्रम्पको केही कर फिर्ता लिने निर्णयमा ‘शायद अलि बढी अत्यावश्यकता’ थपेको छ”, हासेटले भने, “तर यो निर्णय अन्ततः जसरी पनि हुने थियो।”

“अमेरिकी कामदारका लागि आवश्यक पर्ने ठूलो परिवर्तन प्राप्त गर्नका लागि राष्ट्रपतिले सोचबुझका साथ काम गर्नुभएको छ । हामीले हाम्रा व्यापारिक साझेदारहरूमाथि पर्याप्त दबाब सिर्जना गर्न आवश्यक छ किनकि अमेरिकी राष्ट्रपतिहरूले विगत दशकहरूमा माग गर्दै आएका चीजहरू वास्तवमा टेबलमा प्रस्ताव गरिएका छन् ।,” उनले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com