‘भूकम्पपीडितलाई आठ लाख सम्भव’


प्रकाशित मिति : भाद्र २६, २०७३ आईतबार

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले व्यवस्थापिका–संसद्मा गरेको सम्बोधनमा ल्याइएको नीति तथा कार्यक्रम लागू गर्न सम्भव हुने जिकिर गरेका छन् ।

नेपाल टेलिभिजनबाट प्रसारित ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘अरबौँ रुपियाँ ढुकुटीमा थन्किनुभन्दा भूकम्पपीडितका लागि आठ लाख दिनु सम्भव छ ।’

पछिल्लोपटक मुलुकका विभिन्न स्थानमा भइरहेको बाढी पहिरोलगायत अन्य विपत्लाई सरकारले सम्बोधन गर्नेबारे तयारी भइरहेको समेत प्रधानमन्त्री दाहालले जानकारी दिए । उनले विभिन्न माग राखेर पटकपटक आमरण अनशनमा बस्दै आएका डा. गोविन्द केसीका जायज माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनलाई धैर्य गर्न पनि अपिल गरे ।

उनले रोजगारका लागि विदेश गएका युवालाई देशभित्रै ल्याउने र नेपालका कलकारखानाको विकास गर्दै जतिसक्दो चाँडो नेपालमै रोजगार सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका गोरखापत्रमा खबर छ । संसद्मा सम्बोधनका क्रममा जन्म र मरणमा कर्णालीवासीलाई २० केजी चामल दिन भएको घोषणा अपमान नभई सद्भाव र प्रेममात्रै भएको उनको भनाइ थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफू भारत भ्रमण जानुभन्दा अघि नै संविधान संशोधन प्रस्ताव दर्ता गराउन दलहरूसँग तीव्र छलफल भइरहेको प्रधानमन्त्री दाहालले बताए । एक प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले यातायातको क्षेत्रलाई थप व्यवस्थित गर्दै उपत्यकाभित्रको सवारी समस्या समाधान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com