घुस लिएर कागजातविहीनलाई अमेरिका छिराएको अभियोगमा २ अमेरिकी सीमा अधिकारी फन्दामा


प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार

दक्षिणी क्यालिफोर्नियामा कार्यरत दुई अमेरिकी सीमा अधिकारीमाथि देशको सबैभन्दा व्यस्त स्थल प्रवेश बिन्दुबाट कागजातविहीन आप्रवासीलाई घुसको बदलामा अमेरिका छिर्न दिएकाे अभियोग लगाइएको छ। अभियोजकहरूका अनुसार ती अधिकारीहरूले दर्जनौं अवैध आप्रवासी बोकेका सवारीसाधनहरूलाई नगदको बदलामा आफ्नो जाँच लेनबाट अमेरिका प्रवेश गराएका थिए।

फार्लिस अल्मोन्टे र रिकार्डो रोड्रिगेजविरुद्ध हजारौं डलर घुस लिएको आरोप लगाइएको छ। उनीहरूलाई आर्थिक लाभका लागि विदेशीहरूलाई अमेरिका ल्याउने षड्यन्त्र, त्यस्तो कार्यमा संलग्नता, र सार्वजनिक पदमा रहँदै घुस लिएको अभियोग लागेको हो।

सेप्टेम्बरमा पक्राउ परेका केही मानव तस्करहरूले आफूहरूले अमेरिकी सीमा निरीक्षकहरूसँग मिलेर काम गरेको बयान दिएपछि अनुसन्धान सुरु भएको हो, जुन कुरा मार्च २५ मा सार्वजनिक फौजदारी उजुरीमा उल्लेख छ। अल्मोन्टे र रोड्रिगेज दक्षिणी क्यालिफोर्नियाको सान सिद्रो प्रवेश बिन्दुको आप्रवासन जाँच बुथमा कार्यरत थिए।

अनुसन्धानकर्ताहरूले उनीहरूका टेक्स्ट मेसेजहरू पनि फेला पारेपछि थप प्रमाणको आधारमा अभियोग लगाइएको हो। उजुरीअनुसार, उनीहरूले मेक्सिकोका मानव तस्करहरूलाई आफूहरू कहिले ड्युटीमा हुने र कुन लेनमा हुने जानकारी दिँदै हजारौं डलर घुस लिएको उल्लेख छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अभियोजनका अनुसार यो योजना अगस्ट २०२४ देखि जनवरी २०२५ सम्म चलिरहेको थियो। अनुसन्धानकर्ताहरूका अनुसार दुवै व्यक्तिले २०२४ को उत्तरार्धमा अस्वाभाविक रूपमा ठूलो मात्रामा नगद रकम खातामा जम्मा गरेका थिए। अल्मोन्टेले झण्डै २२,००० डलर र रोड्रिगेजले करिब २४,००० डलर पटक–पटक गरेर खातामा राखेको पाइएको छ।

अल्मोन्टेलाई हिरासतमा लिएपछि अनुसन्धानकर्ताहरूले करिब ७०,००० डलर नगद बरामद गरेका थिए, जुन उनको रोमान्टिक पार्टनरले टिजुआनामा लैजान खोजेको विश्वास गरिएको छ।

डिसेम्बरको एक साँझ अल्मोन्टेले निगरानी गरिरहेको लेनमा चार यात्रु बोकेको सवारीका चालकले कागजात देखाउँदा यात्रुहरूका उचित कागजातहरू नभएको थाहा पाए पनि उनले ती यात्रुहरूलाई सीमा पार गर्न दिएका थिए। ती चारै जना पछि अमेरिका प्रवेश गर्न वा बस्न कानुनी अनुमति नभएका विदेशी नागरिक भएको पुष्टि भएको हो।

अर्को घटनामा, निगरानी भिडियोमा एक चालक र एक यात्रु भएको सवारी चेकपोइन्ट पार गर्दै गरेको देखिन्छ। चालकसँग मात्र उचित कागजात रहेको पाइएको छ। उजुरीअनुसार ती अधिकारीहरूले आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएका थिए, र प्रायः धेरै यात्रु भएको सवारीलाई बिना जाँच प्रवेश दिन्थे, साथै कागजातमा केवल चालक भएको उल्लेख गर्ने गरेका थिए।

“कुनै पनि सीमा अधिकारीले यदि अवैध आप्रवासीलाई अमेरिका ल्याउन तस्करलाई सहयोग गर्छ वा आँखा चिम्लन्छ भने उसले आफ्नो शपथको उल्लंघन गर्छ र राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याउँछ,” क्यालिफोर्निया दक्षिणी जिल्लाका कार्यवाहक अमेरिकी वकिल एन्ड्र्यू हेडनले एक विज्ञप्तिमा बताएका छन्। उनले यस्तो अनुचित कार्यमा संलग्न हुनेलाई कानूनको पूर्ण दायरामा ल्याएर जवाफदेही बनाइने बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com