रुसी सेनाको हवाई कारबाहीमा सिरियामा ४५ बिद्रोहीको मृत्यु


प्रकाशित मिति : आश्विन ९, २०७४ सोमबार

बेरुत, (रासस÷एएफपी) ः रुसको हवाई सेनाले गरेको हवाई कारबाहीमा परी उत्तरपश्चिमी सिरियामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने सबैजना विद्रोही रहेको मानवअधिकारकर्मीहरूले बताएका छन् । सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुगमनकर्ताहरूले आइतबार जानकारी दिएका छन् ।

शनिबार भएको सो हवाई कारबाही किन भयो भन्ने बारेमा अहिलेसम्म रुस वा सिरियाली सरकारले नै कुनै जानकारी दिएको छैन ।

रुसी सेनाले फायलाक अल साम आवद्ध विद्रोहीहरूलाई लक्ष्य गरेर सो कारबाही गरेका थिए । घटना भएको इडलिब द्वन्द्व प्रभावित क्षेत्रको रूपमा मानिन्छ ।

सिरियामा गएको कम्तीमा पनि पाँच वर्षदेखि हिंसा जारी छ । यहाँ तीन लाखभन्दा बढी नागरिकले हिंसामा परी ज्यान गुमाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com