सिमा सुरक्षा र लागुऔषध नियन्त्रणमा ट्रम्पप्रति प्रगतिशील सिनेटर बर्नी स्याण्डर्सको समर्थन


प्रकाशित मिति : चैत्र ११, २०८१ सोमबार

सीमा सुरक्षा र लागुऔषध नियन्त्रणमा ट्रम्पको कदमप्रति प्रगतिशील सिनेटर बर्नी स्याण्डर्सले समर्थन जनाएका छन्। एबीसी न्यूजको  कार्यक्रममा सञ्चालक जोनाथन कार्लले ट्रम्पले गरेका केही काम तपाईंलाई सही लागेका छन् कि भनेर सोधेका थिए। जवाफमा स्याण्डर्सले सीमा सुरक्षा र लागुऔषध नियन्त्रणको विषयमा बोलेका थिए।

स्याण्डर्सले भने, “मलाई लाग्छ फेन्टानिलमाथि कारबाही गर्नुपर्छ, हाम्रा सीमाहरू बलियो बनाउनुपर्छ। हेर्नुहोस्, कसैले पनि अवैध आप्रवासनलाई उचित ठान्दैन। मलाई लाग्छ कि हामीलाई व्यापक आप्रवासन सुधार आवश्यक छ। तर मलाई लाग्दैन कि मानिसहरू अवैध रूपमा सीमा पार गर्दै आउनु उचित छ।”

सिनेटर स्याण्डर्सले नागरिकहरूको सुरक्षाका लागि देशको सीमा बलियो बनाउने विषयमा ट्रम्पसँग सहमति जनाए पनि राष्ट्रपतिको सामूहिक निर्वासन योजनासँग भने असहमति जनाएका थिए। ट्रम्पले अमेरिकामा रहेका कागजातविहीन मानिसहरूलाई देश निकाला गर्न चाहेको र त्यसो गर्दा सम्पूर्ण देश ध्वस्त हुने स्याण्डर्सले बताए।

स्याण्डर्सले भने, “क्यालिफोर्नियामा अमेरिकीहरूलाई खुवाउने बालीहरू ट्रम्पका अर्बपति साथीहरूले नटिप्नेछन्। ट्रम्पका धनी साथीहरूले मासु प्याकिङ हाउसहरूमा काम नगर्नेछन्। कागजात नभएका मानिसहरूले नै यी काम गरिरहेका छन्।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो अन्तर्वार्ताको समापन भने अनपेक्षित रूपमा भएको थियो। स्याण्डर्स आफ्नो अन्तर्वार्ता अचानक अन्त्य गरेर हिँड्न खोजेका थिए। प्रतिनिधिसभा सदस्य अलेक्जान्ड्रिया ओकासियो-कोर्टेजले सिनेटको लागि उम्मेदवारी दिनुपर्छ कि पर्दैन भन्ने प्रश्नको जवाफ दिन अस्वीकार गर्दै स्याण्डर्सले कुराकानी बीचमै छाडेर हिँड्न लागेका थिए।

सरकार शटडाउन रोक्न न्यूयोर्कका सिनेटर चक शुमरले रिपब्लिकन बजेटको पक्षमा मतदान गरेपछि, अलेक्जान्ड्रिया ओकासियो-कोर्टेजले शुमरलाई प्रतिस्थापन गर्नुपर्छ कि पर्दैन भनेर कार्यक्रम सञ्चालकले सोधेका थिए। सो प्रश्नपछि स्याण्डर्सले अन्तर्वार्ता “बकवास” भएको भन्दै छाडेर हिँडेका थिए।

स्याण्डर्स अन्तर्वार्ताको बीचमा उठेर कोठाबाट बाहिरिएका थिए। कार्यक्रम सञ्चालक कार्लले उनलाई अन्तरवार्ता बीचमै नछाड्न आग्रह गरे पनि, स्याण्डर्स उठेर हिँडेको क्षण क्यामेरामा कैद भएको थियो। फ्रेमबाट बाहिरिँदै उनले “डेमोक्र्याटिक पार्टीको नेतृत्वको भविष्यबारे अनुमान गर्नुभन्दा ठूला माछाहरू मार्न आवश्यक छ” भन्ने टिप्पणी गरेका थिए। त्यसपछि सिनेटर स्याण्डर्सले कार्यक्रम सञ्चालक कार्ललाई अलेक्जान्ड्रिया ओकासियो-कोर्टेजबारे नभई स्याण्डर्सको राजनीतिक भविष्य केन्द्रित अन्तिम प्रश्न सोध्न अनुमति दिएका थिए।

अहिले स्याण्डर्स ट्रम्प प्रशासन र टेक अर्बपति एलोन मस्कविरुद्ध वामपन्थीहरूको सबैभन्दा चर्को आवाजमध्ये एकको रूपमा उभिएका छन्। उनले देशभर भाषण यात्रा सुरु गरेका छन्, जसमा सांसद अलेक्जान्ड्रिया ओकासियो-कोर्टेज पनि सामेल छिन्। सप्ताहान्तमा डेनभरमा आयोजित र्‍यालीमा ३०,००० भन्दा बढी मानिसहरू उपस्थित भएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com