ग्रिनकार्ड वाहक लामो समयपछि अमेरिका फर्कदा यी कागजातसहित आउन सुझाव


प्रकाशित मिति : चैत्र ११, २०८१ सोमबार

अमेरिकी सरकार र प्रमुख अध्यागमन एजेन्सीहरूले कडा आप्रवासन नीति लागू गरिरहेका सन्दर्भमा अमेरिका फर्कने ग्रिनकार्डवाहकहरूलाई पनि कडा निगरानीमा राखिएको छ। त्यसका कारण अमेरिकामा रहेका धेरै ग्रिनकार्डवाहक नेपालीहरू चिन्तित छन्। हालै उपराष्ट्रपति जेडी भान्सले ग्रीन कार्डले आप्रवासीलाई अमेरिकामा अनिश्चित कालसम्म बस्ने अधिकार नदिने बताएका थिए। त्यसपछि अमेरिकी अध्यागमन एजेन्सी सीबीपीले अमेरिका फर्कने ग्रिनकार्डवाहकहरूमा समेत कडाई गरिरहेको छ।

यस परिस्थितिमा, कानूनविद्हरूले अमेरिका फर्कने ग्रिनकार्डवाहकहरूलाई आवश्यक कागजातहरू साथमा ल्याउन सुझाव दिएका छन्। अमेरिकी कानुन पालना गर्ने, आपराधिक पृष्ठभूमि नभएका, अमेरिकासँग बलियो सम्बन्ध कायम राखेका र लामो समयसम्म विदेशमा नबसेका व्यक्तिहरूलाई अमेरिका फर्कँदा चिन्ता लिनुपर्ने अवस्था छैन। तर, ग्रीन कार्ड अमेरिकामा स्थायी बासिन्दाको स्थिति भएकाले ग्रिनकार्डवाहक व्यक्तिको अमेरिकासँगको बलियो सम्बन्ध महत्त्वपूर्ण रहेको कानूनविद्हरू बताउँछन्।

कानुन अनुसार, ग्रीन कार्डवाहकको प्राथमिक बसोबास अमेरिका हुनुपर्छ। उनीहरूले अमेरिका भित्रै घर वा अपार्टमेन्ट कायम राख्नुपर्ने, रोजगारी कायम राख्नुपर्ने, विश्वभर कमाएको सम्पूर्ण आयमा अमेरिकामा आयकर दाखिला गर्नुपर्ने, अमेरिकी बैंक खाता राख्नुपर्ने, र ड्राइभर लाइसेन्स अद्यावधिक गर्नुपर्ने हुन्छ।

यदि कोही अमेरिकाबाहिर छ महिनाभन्दा कम समय बसेको छ भने सामान्यतया कुनै समस्या हुँदैन। तर, छ महिनाभन्दा अगाडि फर्किए तापनि केवल छोटो समय अमेरिका बसेर पुनः विदेश जाने नियत देखिएमा समस्या उत्पन्न हुन सक्छ। अमेरिकाबाहिर छ महिनाभन्दा बढी तर एक वर्षभन्दा कम समय बसेका व्यक्तिहरूलाई अमेरिकी अध्यागमन अधिकारीहरूले थप जाँच गर्न सक्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैले, ग्रीन कार्डवाहकहरूले केही महत्त्वपूर्ण कागजातहरू साथमा राख्नुपर्ने हुन्छ। कानुन व्यवसायीहरूले ग्रीन कार्ड सधैं वैध र अद्यावधिक राख्न, समयमै नवीकरण गर्न, अमेरिकी बैंक खाता, सक्रिय स्वास्थ्य बीमा, ड्राइभर लाइसेन्स, र ट्याक्स फाइल अद्यावधिक राख्न सुझाव दिएका छन्।

विदेशबाट फर्कने ग्रीन कार्डवाहकहरूका लागि हालका रोजगारीका पे स्टबहरू, रोजगार प्रमाणीकरण पत्र, गत वर्षको डब्लु-टु फारम र ट्याक्स फाइलको प्रतिलिपि बोकेर हिँड्न सुझाव दिइएको छ। यदि कोही व्यक्तिले अमेरिकामा स्थायी निवास कायम राखेको छ र कुनै आपराधिक दोषी ठहर भएको छैन भने चिन्ता लिनुपर्दैन।

समस्यामा पर्ने ग्रीन कार्डवाहकहरू सामान्यतया निवाससम्बन्धी नियम उल्लङ्घन गर्ने वा विगतमा आपराधिक पृष्ठभूमि भएका व्यक्ति हुने गर्छन्। विमानस्थलमा कठिन प्रश्नहरूको सामना गर्नुपरेमा ग्रीन कार्डवाहकहरूलाई आई-४०७ फारममा हस्ताक्षर नगर्न सल्लाह दिइएको छ। यदि सीबीपी अधिकारीहरूले दवाव दिए तापनि वकिलसँग परामर्श नगरी कुनै पनि फारममा हस्ताक्षर गर्नु हुँदैन। किनभने आई-४०७ फारम ग्रीन कार्ड स्वेच्छिक रूपमा त्यागेको प्रमाणपत्र हो। कसैलाई पनि यो फारममा हस्ताक्षर गर्न कानुनी रूपमा बाध्य गरिँदैन।

यदि लामो समयसम्म अमेरिकाबाहिर बसेका व्यक्तिहरूलाई अध्यागमन अधिकारीहरूले दोस्रो जाँचमा राखेमा, शान्त रहनु, र अमेरिकासँगको सम्बन्धबारे स्पष्ट जवाफ दिनु सल्लाह दिइएको छ। दोस्रो जाँच कहिलेकाहीँ दुई घण्टासम्म लम्बिन सक्छ।

अमेरिका पुनः प्रवेशका लागि ग्रीन कार्डवाहकहरूले केही महत्त्वपूर्ण कागजातहरू साथमा राख्नुपर्छ। यी कागजातहरूमा वैध र म्याद नसकिएको ग्रीन कार्ड, गृह देशको राहदानी, र यदि कोही एक वर्षभन्दा बढी तर दुई वर्षभन्दा कम विदेश बसेका छन् भने पुनःप्रवेश अनुमति समावेश छ। साथै, पछिल्ला तीन महिनाका रोजगारीका पे स्टबहरू, रोजगार प्रमाणीकरण पत्र, अघिल्लो वर्षको डब्लु-टु फारम र संघीय ट्याक्स रिटर्नको प्रतिलिपि पनि आवश्यक पर्ने कानुनी विशेषज्ञहरूले बताएका छन्।

अमेरिकामा स्थायी बसोबास प्रमाणित गर्न अमेरिकी बैंक खाता विवरण, सक्रिय स्वास्थ्य बीमा, र अमेरिकी ड्राइभर लाइसेन्स अद्यावधिक राख्नु महत्त्वपूर्ण मानिन्छ। यी कागजातहरू तयारी अवस्थामा राखेमा अमेरिकी अध्यागमन प्रक्रियामा सहजता आउने र अनावश्यक जटिलताबाट जोगिन सकिने सुझाव दिइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com