पहिरोले ट्रक र कार पुरियो, ३ को मृत्यु [अपडेट]
प्रकाशित मिति : आश्विन ७, २०७४ शनिबार

–
, पाल्पाआश्विन ७, २०७४-सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडक खण्डमा शनिबार बिहान खसेको पहिरोले ट्रक र कार पुर्दा दुई जनाको मृत्यु भएको छ ।
राति १ बजे खसेको पहिरो हटाएर एकतर्फी सडक सुचारु भएको केहीबेरमै पुन: खसेको पहिरोले दुई सवारीसाधन पुरिनुका साथै दुई जनाको ज्यान गएको हो । पुरिएर २ जनाको मृत्यु भए पनि उनीहरुको सनाखत हुन नसकेको ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले बताए ।
ठूलो ढुंगा सहितको पहिरोले लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरेको पुरेको हो । पहिरोले पुरेको ट्रक र कार ध्वस्त भएको छ । पहिरोमा केही व्यक्ति पुरिएको अनुमान प्रहरीले गरेको छ ।
तर, पछिल्लो विवरण अनुसार अहिलेसम्म केही पनि खुलेको छैन । सडकमा पहिरो खसेपछि बाटोमा सवारीको लाम लागेको छ । पहिरो ठूलो भएकाले उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ ।
Ekantipur