जारी भएपछि पनि भिसा जाँचको क्रम नरोकिने अमेरिकी दूतावास काठमाडौंको समेत चेतावनी


प्रकाशित मिति : चैत्र ८, २०८१ शुक्रबार

अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम नरोकिने चेतावनी अमेरिकी दूतावास काठमाडौंले पनि दोहोराएको छ । अमेरिकी विदेश मन्त्रालयले यस अगाडि यस्तो चेतावनी जारी गरेकोमा अमेरिकी दूतावास काठमाडौंले पनि यसबारेको सामाजिक सञ्जाल पोष्टमा भिसा जाँचको क्रम नरोकिने चेतावनी दिएको हो ।

दूतावासले सामाजिक सञ्जाल पोष्टमा भनेको छ -‘अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं – र यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं।’

यसैसाता अमेरिकी विदेश मन्त्रालयले विगतमा जारी भएका भिसाको पनि छानविन गरिने चेतावनी दिएको थियो । विदेश मन्त्रालयले भिसा धारकहरूलाई कडा चेतावनी जारी गर्दै भिसा स्क्रिनिङ प्रक्रिया भिसा प्राप्त भएपछि पनि निरन्तर चलिरहने बताएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक सन्देशमा मन्त्रालयले अमेरिकी सरकारले भिसा धारकहरूलाई निरन्तर निगरानीमा राखेर सबै अमेरिकी कानुन र आप्रवासन नियमहरूको पालना सुनिश्चित गर्ने बताएको थियो ।

यो घोषणा ट्रम्प प्रशासनले आप्रवासन कानुनको कडाइका साथ कार्यान्वयन जारी राखिरहेको बेला आएको हो, जसले अमेरिकी नियमहरू उल्लङ्घन गर्ने व्यक्तिहरूले भिसा रद्द र देश निकालाजस्ता गम्भीर परिणामहरू भोग्नुपर्ने संकेत गरेको छ।

हालैका दिनहरूमा आप्रवासन नीतिमा व्यापक परिवर्तनको हिस्साकारूपमा भिसा रद्द हुने घटनाहरू बढेका छन्। कोलम्बिया विश्वविद्यालयकी भारतीय छात्रा रञ्जनी श्रीनिवासनको विद्यार्थी भिसा अमेरिकी विदेश मन्त्रालयले मार्च ५, २०२५ मा रद्द गरेको थियो। उनले आतंकवादी संगठनको रूपमा तोकिएको हमासलाई समर्थन गरेको आरोप लगाउँदै यो कदम चालिएको थियो।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार श्रीनिवासनले मार्च ११, २०२५ मा सीबीपी होम एप प्रयोग गरी देश छोडेकी थिइन्। उनी अमेरिकाबाट क्यानडा गएकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com