शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर


प्रकाशित मिति : चैत्र ७, २०८१ बिहीबार

अमेरिकी शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन । कार्यकारी आदेशमा अधिकारीहरूलाई शिक्षा मन्त्रालयलाई हटाउन सुरु गर्न निर्देशन दिइएको छ ।

२०२४ को चुनावी अभियानमा ट्रम्पलेगरेको वाचा अनुसार नै शिक्षा मन्त्रालय खारेज गरिन लागिएको हो ।

सकेसम्म छिटो मन्त्रालय बन्द गर्ने छौ बिहिबार कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि राष्ट्रपति ट्रम्पले भनेका छन । यो मन्त्रालय राखेर कुनै पनि लाभ र फाइदा नभएको उनले दावी गरे ।

ट्रम्पले लामो समयदेखि यस मन्त्रालयलाई हटाउनको लागि आह्वान गर्दै आएका थिए । तर यसलाई पूर्ण रूपमा बन्द गर्न कंग्रेसको समर्थन आवश्यक छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संसदमा रिपब्लिकनहरुको सामान्य बहुमतमात्र रहेका कारण अनुमोदन हुने संभावना अत्यन्तै न्यून रहेको छ । मन्त्रालयलाई बन्द गर्ने आदेशले थुप्रै कानूनी जटिलताहरु सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।

अमेरिका अन्य कुनै पनि देशको तुलनामा शिक्षा माथि धेरै पैसा खर्च गर्छ तर विद्यार्थीहरू सफलताका हिसाबले सूचीको तलतिर रहने गर्दछन भनेर शिक्षा मन्त्रायलप्रति ट्रम्पले प्रश्न उठाएका छन ।

हस्ताक्षर समारोहमा ट्रम्पले शिक्षामन्त्री लिण्डा म्याकमाहनको प्रशंसा गरेका थिए । उनलाई मन्त्रालयको नेतृत्वको लागि नियुक्त गरिएको थियो । संभवत उनी नै अमेरिकाको अन्तिम शिक्षामन्त्री बन्ने छिन ।

ट्रम्पले म्याकमाहनलाई प्रशासनको अन्य कुनै भूमिका दिन चाहेको देखिएको छ । मन्त्रालयलाई औपचारिक रूपमा बन्द नगरे पनि ट्रम्प प्रशासनले कर्मचारीहरूलाई भने बर्खास्त गर्न सक्ने देखिएको छ ।

कार्यकारी आदेशको पाठमा प्रशासनले के कस्ता कदमहरू उठाउनेछ र कुन कार्यक्रमहरू हटाइनेछन् भनेर खुलाइएको छैन ।

१९७९ मा स्थापित शिक्षा मन्त्रालयले विद्यार्थी ऋणहरूको व्यवस्थापन गर्ने गरेको छ । कम आय भएका विद्यार्थीहरूको सहयोग गर्ने खालनका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com