ट्रम्प दिमाग खराब भएका गुण्डा : किम


प्रकाशित मिति : आश्विन ६, २०७४ शुक्रबार

अमेरिका र उत्तर कोरियाबीचको वाकयुद्ध झनै बढेको दर्शाउँदै उत्तर कोरियाका नेता किम जङ अनले ट्रम्पलाई एक दिमाग खराब भएको गुण्डा भनेका छन्।

दुर्लभ ठानिने व्यक्तिगत वक्तव्य दिंदै उत्तर कोरियाली नेताले भनेका छन् ट्रम्पका हालैका बयानबाजीले उनको देश सही पथमा रहेको बारे उनी झन विश्वस्त भएका छन्।

उत्तर कोरियाविरुद्ध थप अमेरिकी प्रतिबन्ध

महासभामा डोनाल्ड ट्रम्पले के के भने?

उनले परमाणु कार्यक्रमलाई संकेत गर्दै त्यसो भनेको ठानिएको छ।

यसै साताको शुरुमा ट्रम्पले राष्ट्रसंघको महासभामा बोल्दै यदी अमेरिका आफूलाई रक्षा गर्न वाध्य पारिए उसले उत्तर कोरियालाई पूर्ण नष्ट गरिदिने चेतावनी दिएका थिए।

बिहीबार ट्रम्पले प्योङयाङ विरुद्धका आर्थिक प्रतिबन्ध थप कडा बनाएका थिए।

BBC Nepali

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com