१७ बर्षदेखिका ग्रिनकार्डवाहकलाई बोष्टन विमानस्थलबाट आइसको हिराशतमा, कारण यस्तो


प्रकाशित मिति : चैत्र २, २०८१ शनिबार

१७ बर्षदेखि अमेरिकाको ग्रिनकार्डवाहक रहेका इलेक्ट्रिकल इन्जिनियर शुक्रबार लक्जमबर्गबाट ​​घर फर्किरहेकाबेला फेबियन स्मिटलाई बोस्टनको लोगान विमानस्थलबाट आइसले हिराशतमा लिएको छ । न्यु ह्याम्पशायर निवासी उनलाई विमानस्थलमा अध्यागमन अधिकारीहरूले पक्राउ गरेपछि आइसले रोड आइल्याण्डको सेन्ट्रल फल्समा रहेको डोनाल्ड डब्ल्यू व्याट हिराशत केन्द्रमा राखेको छ ।

उनको ग्रिन कार्ड प्रणालीमा फ्लाग भएको भन्दै उनलाई हिराशतमा लिइएको थियो । उनलाई लोगान विमानस्थलमा घण्टौंसम्म हिंसात्मक रूपमा सोधपुछ गरिएको थियो । उनलाई नाङ्गो पारिएको, चिसो पानीले नुहाइदिइको परिवारको दावी छ । उनलाई अध्यागमन एजेन्टहरूले आफ्नो ग्रिन कार्ड त्याग्न दबाब दिएको तथा चिन्ता र डिप्रेसनको लागि उनको औषधिको पहुँचबाट वञ्चित गरिएको समेत परिवारले जनाएको छ ।

उनलाई पिउनको लागि पानी समेत नदिएपछि ढलेको र एम्बुलेन्सबाट मास जनरल अस्पताल लगिएको जनाइएको थियो । अस्पतालमा लगेपछि उनलाई इन्फ्लुएन्जा पनि भएको पत्ता लागेको थियो ।

स्मिट र उनकी आमा २००७ मा अमेरिका सरेको र २००८ मा ग्रिन कार्ड पाएको जनाइएको छ । उनीहरु २०२२ मा क्यालिफोर्नियाबाट न्यु ह्याम्पशायर सरेका थिए । स्मिट दम्पत्ति र ८ वर्षीया छोरीका साथमा बस्दै आएका थिए । उनीहरु दुवै अमेरिकी नागरिक हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०१५ मा स्मिटमाथि आफ्नो कारमा गाँजा राखेको आरोप लागेको थियो । तर क्यालिफोर्नियामा गाँजा राख्ने सम्बन्धमा कानून परिवर्तन भएपछि उक्त आरोप खारेज भएको थियो । २०२२ मा उनले मुद्दाको बारेमा सुनुवाइ छुटाएका थिए । उनको नयाँ ठेगानामा कहिल्यै सूचना नआएकाले सुनुवाई छुटेको परिवारको भनाई छ । स्मिट मदिराको लतबाट निको भइरहेका थिए । उनविरुद्ध मादक पदार्थ चलाएर गाडी चलाएको समेत अभियोग थियो । तर उनले उक्त अभियोगमा सजाय पूरा गरिसकेका थिए ।

उनका विगतका यी अभियोगहरुका कारण आइसले उनलाई हिराशतमा लिएको हुनसक्ने कानुन व्यवसायीहरुको भनाई छ । विगतमा अपराधको पृष्ठभूमि भएका ग्रिनकार्डवाहकलाई समेत विदेश यात्रा गरेर फर्कदा आइसले हिराशतमा लिदै आएको छ । हालै एक नेपाली ग्रिनकार्डवाहक मोहन थापालाई नेपालबाट अमेरिका फर्कने क्रममा आइसले हिराशतमा लिएको थियो । उनलाई केहीदिन अगाडि पेन्सिलभेनियाकै मोशानन भ्याली आइस प्रशोधन केन्द्रमा स्थानान्तरण गरिएको छ ।

कभर फोटो : सन् २०१७ मा बोस्टनको लोगन विमानस्थलमा सीबीपी अधिकारी ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com