आइसले पक्राउ गर्नु अघि यसरी क्यानडा भाग्न सफल भइन् न्युयोर्कबाट भारतीय विद्यार्थी


प्रकाशित मिति : चैत्र २, २०८१ शनिबार

कोलम्बिया विश्वविद्यालयकी एक भारतीय विद्यार्थी अमेरिकी अध्यागमन एजेन्सी आइसलाई छलेर क्यानडा भाग्न सफल भएकी छिन् । विद्यार्थी रञ्जनी श्रीनिवासनको अमेरिकी अध्यागमनले विद्यार्थी भिसा खारेज गरेपछि उनलाई निवासमा खोज्नका लागि अमेरिकी अध्यागमन एजेन्सी आइसका एजेन्टहरु ८ दिन अगाडि आएका थिए ।

तीन जना एजेन्टहरू कोलम्बिया विश्वविद्यालयको अपार्टमेन्टमा रञ्जनी श्रीनिवासनलाई खोज्न आउँदा उनले ढोका खोलिनन् । किनभने आइससँग त्यतीबेला न्यायिक वारेन्ट थिएन । साथै रञ्जनीलाई हालै आफ्नो विद्यार्थी भिसा खारेज भएको थाहा थियो ।

शनिबार राति आइसका एजेन्टहरू फेरि आएँदा उनी अपार्टमेन्टमा थिइनन् । यो घटना कोलम्बिया विश्वविद्यालयको छात्रावासमा बस्ने एक पूर्व छात्र महमुद खलिललाई हिरासतमा लिइएको केही घण्टाअघिको थियो ।

श्रीनिवासनले हतरामा केही सामान जम्मा गरिन् । आफ्नो बिरालोलाई साथीको जिम्मा लगाइन् । न्युयोर्कको क्वीन्समा रहेको लागार्डिया विमानस्थलबाट क्यानडाको उडानमा चढिन्। बिहीबार राति तेस्रो पटक एजेन्टहरू अपार्टमेन्टमा न्यायिक वारेन्ट लिएर उनको अपार्टमेन्टमा प्रवेश गरेका थिए । तर त्यतीबेलासम्म उनी क्यानडा पुगिसकेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फुलब्राइट स्कलरसिप प्राप्तकर्ता श्रीनिवासनले शहरी योजना विषयमा डक्टरेट डिग्री हासिल गर्दै थिइन् । कोलम्बियाले उनको कानुनी स्थिति समाप्त भएको कारण उनको भर्ना खारेज गरेको थियो। राष्ट्रपति ट्रम्पको प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूमाथिको कारबाही र संघीय अध्यागमन शक्तिको प्रयोगको जालमा परेकी उनी हालैका दिनहरूमा कोलम्बियामा आइसले निशाना बनाएका थोरै गैरनागरिकहरूमध्ये एक हुन्।

उनको वर्तमान स्थिति गत वर्षको घटनाबाट सुरु भएको थियो, जब उनी कोलम्बिया क्याम्पसको प्रवेशद्वारमा पक्राउ परेकी थिइन्, त्यही दिन प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूले विश्वविद्यालयको ह्यामिल्टन हल कब्जा गरेका थिए। उनले आफू त्यो तोडफोडमा संलग्न नभएको तर साथीहरूसँग पिकनिकबाट फर्किंदै गर्दा पश्चिम ११६ औं सडकमा प्रदर्शनकारीहरू र ब्यारिकेडहरूको भीडमा परेको बताएकी थिइन् । जहाँ प्रहरीले उनलाई धकेलेर पक्राउ गरेका थिए।

उनलाई छोटो समय हिरासतमा राखिएको थियो । उनीमाथि सवारी साधन वा पैदल यातायात अवरोध गरेको र तितरवितर हुन अस्वीकार गरेको आरोप लगाइएको थियो । उनको मुद्दा तुरुन्तै खारेज गरिएकाले कुनै आपराधिक रेकर्ड थिएन । उनलाई विश्वविद्यालयबाट कुनै अनुशासनात्मक कारबाही भएको थिएन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com