ट्रम्प आएको महिनामा आप्रवासी र गैर आप्रवासी भिसा पाउने नेपालीको संख्यामा उच्च रेकर्ड


प्रकाशित मिति : फाल्गुन २९, २०८१ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेको पहिलो महिना जनवरी २०२५ मा (आर्थिक वर्ष २०२५ को लागि) नेपालबाट ३२५५ जना नेपालीले गैर आप्रवासी भिसा प्राप्त गरेका छन्। त्यसैगरी, ७७८ जना नेपालीले आप्रवासी भिसा अर्थात् ग्रिनकार्ड प्राप्त गरेका छन्।

चालु आर्थिक वर्ष २०२५ को पहिलो ४ महिनामा (अक्टोबर २०२४ देखि जनवरी २०२५ सम्म) कुल १२,८०३ जना नेपालीले अमेरिकाको भिसा प्राप्त गरेका छन्, जसमध्ये १०,१८४ जना गैर आप्रवासी भिसा र २,६१९ जना आप्रवासी भिसा पाएका छन्। अक्टोबरमा ६६९, नोभेम्बरमा ४७६, डिसेम्बरमा ६९६ र जनवरीमा ७७८ जना नेपालीले आप्रवासी भिसा पाएका छन्।

आप्रवासी भिसा प्राप्त गर्नेहरूले नेपालमै बस्दा वा अमेरिकाबाहिर रहँदा नै ग्रिनकार्डका लागि आवेदन स्वीकृत गराएका हुन्। उनीहरूले अमेरिका पुगेपछि सामान्यतया एक महिनाभित्र दिएको ठेगानामा ग्रिनकार्ड प्राप्त गर्न सक्छन्। यदि डीएस २६० फारम भर्दा सोसल सेक्युरिटी नम्बरका लागि स्वीकृति दिएको भएमा सोसल सेक्युरिटी नम्बर पनि स्वतः प्राप्त गर्छन्।

आर्थिक वर्ष २०२५ को पहिलो ३ महिनामा (अक्टोबर, नोभेम्बर, डिसेम्बर) १८४१ जना नेपालीले आप्रवासी भिसा प्राप्त गरेका थिए र  ६ हजार ९ सय २९ जना नेपालीले गैर आप्रवासी भिसा पाएका थिए। विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुसार अक्टोबरमा २७२२, नोभेम्बरमा २०८९, डिसेम्बरमा २११८ र जनवरीमा ३२५५ जना नेपालीले गैर आप्रवासी भिसा पाएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनवरीमा अमेरिकाको आप्रवासी भिसा पाउने नेपालीको विवरण

यो अवधिमा सबैभन्दा धेरै भिजिटर भिसा प्राप्त गर्ने नेपालीको संख्या ६,६४९ रहेको छ, जसमध्ये अक्टोबरमा १६७२, नोभेम्बरमा १६३६, डिसेम्बरमा ११९१ र जनवरीमा २१५० जनाले बी वान बी टु  भिसा पाएका छन्।

आप्रवासी भिसा प्राप्त गर्ने ७७८ नेपालीहरूलाई विभिन्न भिसा कक्षाहरूमा वर्गीकरण गरिएको छ। जनवरी २०२५ मा सबैभन्दा धेरै ४९३ जनाले डाइभर्सिटी भिसा (डीभी) मार्फत ग्रिनकार्ड पाएका छन्। समग्रमा, आर्थिक वर्ष २०२५ को पहिलो ४ महिनामा २,६१९ नेपालीले आप्रवासी भिसा पाएका छन्, जसमा परिवारमा आधारित, रोजगारमा आधारित र डाइभर्सिटी श्रेणीका भिसाहरू समावेश छन्।

यी ४ महिनामा डाइभर्सिटी भिसा  पाउने नेपालीको संख्या ७१० रहेको छ। अक्टोबरमा १४, नोभेम्बरमा ६, डिसेम्बरमा १९७ र जनवरीमा ४९३ जनाले डाइभर्सिटी भिसा पाएका थिए। अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोको भिसा बुलेटिन अनुसार अक्टोबर, नोभेम्बर र डिसेम्बरमा २,९५० सम्मको केस नम्बर भएका नेपालीहरू डाइभर्सिटी भिसा प्रक्रियाका लागि योग्य थिए। जनवरीमा ३,५०० सम्म केस नम्बर भएकाहरू योग्य रहेका थिए।

चालु आर्थिक वर्षका लागि ३८६१ जना नेपाली डाइभर्सिटी भिसा लटरीमा छनौट भएका छन्, जुन एसियामा तेस्रो स्थान हो। पहिलो स्थानमा इरान (५२६७ जना) र दोस्रो स्थानमा अफगानिस्तान (४००९ जना) छन्। आर्थिक वर्ष २०२४ मा ३८३६ विजेतामध्ये ३४३१ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए, जसमा प्राथमिक विजेता र उनीहरूका परिवारका सदस्यहरू समावेश छन्।

सन् १९९५ देखि हालसम्म ५७ हजारभन्दा बढी नेपालीले डाइभर्सिटी भिसा मार्फत ग्रिनकार्ड पाएका छन्, जुन अमेरिकामा रहेका सबै नेपाली ग्रिनकार्ड धारकको २५ प्रतिशतभन्दा बढी हो। नेपालीहरू विश्वभर डाइभर्सिटी भिसा मार्फत ग्रिनकार्ड पाउनेमा शीर्ष स्थानमा छन्।

जनवरीमा अमेरिकाको गैर आप्रवासी भिसा पाउने नेपालीको विवरण

आर्थिक वर्ष २०२५ को डाइभर्सिटी भिसाका लागि छनौट भएकाहरूले २०२५ को सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्छ, नभए उनीहरू स्वतः अयोग्य हुनेछन्। २०२३ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म डाइभर्सिटी भिसा लटरी भरेका आवेदकहरूले आफू छनौट भए/नभएको हेर्न सक्नेछन्। डाइभर्सिटी भिसा २०२५ का आवेदकहरूलाई कम्तीमा २०२५ को सेप्टेम्बर ३० सम्म कन्फर्मेशन नम्बर सुरक्षित राख्न सुझाव दिइएको छ।

जनवरी २०२५ मा अन्य आप्रवासी भिसाहरूमा, ११० जनाले आईआर फाइभ भिसा प्राप्त गरेका छन्, जुन बाबुआमा वा वयस्क सन्तानहरूका लागि दिइन्छ। आईआर वान  भिसा ५६ जनाले पाएका छन्, यो तत्काल परिवारका सदस्यहरू (जस्तै: श्रीमान्/श्रीमती वा २१ वर्षमुनिका सन्तान) का लागि हो। सीआर वान  भिसा २५ जनाले पाएका छन्, जुन श्रीमान्/श्रीमतीलाई दिइने भिसा हो।

अन्य भिसाहरूमा २२ जनाले एफ टु ए भिसा पाएका छन्, जुन स्थायी बासिन्दाको श्रीमान्/श्रीमती वा सन्तानका लागि हो। एफ टु बी  र एफ थ्री  भिसा ३/३ जनाले पाएका छन्, जुन क्रमशः अविवाहित वयस्क सन्तान र परिवारको तेस्रो प्राथमिकताका लागि हो। एफ फोर   भिसा १३ जनाले पाएका छन्, जुन भाइबहिनीका लागि दिइन्छ।

त्यसैगरी, २१ जनाले ई थ्री  भिसा पाएका छन्, जुन विशेष रोजगारीका लागि हो। ई वान  र ई टु भिसा क्रमशः ५ र ८ जनाले पाएका छन्, जुन व्यापारिक लगानीकर्ताहरूका लागि हो। ईडब्ल्यू  भिसा ४ जनाले, एफएक्स  भिसा ५ जनाले, जीभी टु  भिसा १ जनाले र आईआर टु  भिसा ९ जनाले प्राप्त गरेका छन्।

गैर आप्रवासी भिसा प्राप्त गर्ने ३२५५ नेपालीहरूलाई पनि विभिन्न श्रेणीमा विभाजन गरिएको छ। जनवरी २०२५ मा सबैभन्दा धेरै २,१५० जनाले बी वान बी टु भिसा प्राप्त गरेका छन्। आर्थिक वर्ष २०२५ को पहिलो ४ महिनामा कुल १०,१८४ जना नेपालीले गैर आप्रवासी भिसा पाएका छन्, जसमध्ये ६,६४९ जनाले बी वान बी टु भिसा पाएका छन्। यो भिसा पर्यटन, व्यवसायिक भ्रमण वा चिकित्सा उपचारका लागि प्रयोग हुन्छ।

त्यसैगरी, ७५० जनाले सीडब्ल्यू टु  भिसा पाएका छन्, जुन विशेष कार्य वर्गका लागि हो। एफ वान  भिसा ६३ जनाले पाएका छन्, जुन जनवरी २०२५ को तथ्यांक हो। पहिलो ४ महिनामा कुल १,५५८ जनाले एफ वान भिसा पाएका छन्, जसमध्ये अक्टोबरमा ७१२, नोभेम्बरमा १६७, डिसेम्बरमा ६१६ र जनवरीमा ६३ जना छन्। उनीहरूका ८६ जना डिपेन्डेन्टहरूले एफ टु  भिसा पाएका छन्।

एच वान बी भिसा ६६ जनाले पाएका छन्, जुन जनवरी २०२५ को तथ्यांक हो। पहिलो ४ महिनामा कुल ३९६ जनाले एच वान बी  भिसा र उनीहरूका १०८ जना डिपेन्डेन्टले एच फोर  भिसा पाएका छन्। अन्य भिसाहरूमा, ३२ जनाले जे वान  भिसा पाएका छन्, जुन विनिमय आगन्तुक (जस्तै: प्राध्यापक, अनुसन्धानकर्ता) का लागि हो। जे टु  भिसा ९ जनाले पाएका छन्, जुन जे वान  भिसाधारीका परिवारका लागि हो।

के वान  भिसा २० जनाले पाएका छन्, जुन फियान्से भिसा हो। सी वान डी  भिसा २८ जनाले, जी फोर  भिसा ३३ जनाले, र एल वान  भिसा १० जनाले पाएका छन्। थोरै संख्यामा अन्य भिसाहरू जस्तै ए टु भिसा ८ जनाले, बी वान  भिसा ६ जनाले, र आर वान  भिसा २ जनाले पाएका छन्।

पछिल्लो तथ्यांक अनुसार नेपालीलाई अमेरिकाको भिजिटर भिसा अस्वीकृत दरमा उच्च वृद्धि भएको छ। आर्थिक वर्ष २०२४ मा कुल नेपाली आवेदकहरूमध्ये झण्डै ५०.५ प्रतिशतले मात्र अमेरिकाको भिजिटर भिसा पाएका छन्। बाइडेन प्रशासनको सुरुको ३ वर्षमा नेपालीको भिसा स्वीकृत दर अत्यन्तै उच्च भए पनि अन्तिम वर्षमा भने भिसा स्वीकृत दरमा उल्लेख्य गिरावट आएको थियो ।

अमेरिकी विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुसार भिजिटर भिसाका नेपाली आवेदकहरूमध्ये झण्डै ४९.५ प्रतिशतको भिजिटर भिसा अस्वीकृत गरिएको थियो । यो अस्वीकृत दर आर्थिक वर्ष २०२३ को तुलनामा अत्यन्तै उच्च थियो। २०२४ मा २४,३०९ नेपालीले अमेरिकाको भिजिटर भिसा पाएका थिए, अर्थात् ४८,१०० नेपालीले आर्थिक वर्ष २०२४ मा अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए।

आर्थिक वर्ष २०२५ को पहिलो ४ महिनामा ३९६ जना नेपालीले एच वान बी  भिसा प्राप्त गरेका छन्, जुन विशेष सीप भएका पेशाकर्मीहरूका लागि हो। उनीहरूका १०८ जना डिपेन्डेन्टहरूले एच फोर  भिसा पाएका छन्। आर्थिक वर्ष २०२४ मा ७८१ जना नेपालीले एच वान बी  भिसा पाएका थिए भने उनीहरूका २८८ जना आश्रितहरूले एच फोर  भिसा पाएका थिए। यसरी आर्थिक वर्ष २०२४ मा कुल १०६९ जना नेपालीले एच श्रेणीको भिसा पाएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com