अन्तरिक्ष यात्री विलियम्स र विल्मोरलाई पृथ्वीमा फर्काउने योजना पुनस्थगित


प्रकाशित मिति : फाल्गुन २८, २०८१ बुधबार

अन्तरिक्ष यात्री सुनीता विलियम्स र बैरी बुच विल्मोरको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट फर्किने योजना पुनस्थगित भएको छ । यी दुई अन्तरिक्ष यात्रीहरूको फर्किने मिशन नासा र स्पेसएक्सले संयुक्त रुपमा सञ्चालन गर्दै छन् ।

दुवै अन्तरिक्ष यात्रिहरूको फर्कने लागि फ़ाल्कन ९ रकेटलाई अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गर्ने योजना थियो । तर यसमा हाइड्रोलिक समस्या आएको कारण बुधबार यसको प्रक्षेपण स्थगित गरिएको छ ।

स्पेसएक्सले समस्या कति चाँडो समाधान हुनेछ भनेर केहि बताएको छैन । यो रकेट चार नयाँ अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पठाउने र त्यहाँबाट सुनीता विलियम्स र बैरी बुच विल्मोरलाई फर्काउने कार्यमा संलग्न रहने छ ।

सुनीता विलियम्स र बैरी बुच विल्मोरले ५ जुन २०२४ मा यो परीक्षण मिशनको लागि स्टारलाइनर अन्तरिक्ष यानबाट प्रक्षेपण गरेका थिए । उनीहरू आठ दिनपछि फर्कनु पर्ने थियो।

तर स्टारलाइनर अन्तरिक्ष यान आईएसएसको नजिक पुगेपछि केही समस्याहरू देखिएका कारण उनीहरुको फर्कने योजना स्थगित गर्नुपरेको थियो ।

६१ वर्षका विल्मोर र ५८ वर्षकी सुनीतालाई बोइङ स्टारलाइनर यानले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म पुर्याएको थियो ।

विलियम्स र बैरी बुच विल्मोरको पृथ्वीमा फर्कने योजना पछिल्लो पटक १९ र २० मार्च २०२५ मा तय भएको थियो । तर अव मिशनको स्थगन पछि अन्यौलता बढेको छ ।

१० महिनादेखि अन्तरिक्षमा रहेका विलियम्स र विल्मोरलाई पृथ्वीमा फर्काउने जिम्मेवारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई दिएका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com