मार्च १७ पछि अमेरिकी भिसा अन्तरवार्तामा जाँदा अपोइन्टमेन्ट लिंदाको बारकोड अनिवार्य, नत्र प्रवेश नदिइने


प्रकाशित मिति : फाल्गुन २८, २०८१ बुधबार

अमेरिकी दूतावास काठमाडौंले गैरआप्रवासी भिसा आवेदकका लागि अपोइन्टमेन्ट प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउन नयाँ नियम लागू गर्ने भएको छ। दूतावासकी प्रवक्ता जेहेरा नक्भीले हालै सार्वजनिक गरेको भिडियो सन्देशमा यो जानकारी दिएकी हुन्। उनका अनुसार, अमेरिकी भिसा अपोइन्टमेन्टको माग उच्च रहेको र धेरै आवेदकले समय लिन कठिनाइ भोगिरहेको अवस्थालाई सम्बोधन गर्न यो परिवर्तन गर्न लागिएको हो।

प्रवक्ता नक्भीले भनिन्, “हामीलाई थाहा छ कि अमेरिकी भिसा अपोइन्टमेन्टको माग अत्यधिक छ, जसले गर्दा धेरैका लागि समय पाउनु चुनौतीपूर्ण भएको छ। हामीले देखेका समस्यामध्ये एउटा हो—आवेदक तयार हुनुअघि नै अपोइन्टमेन्टहरू रिजर्भ गरिनु, जसले तपाईंहरूजस्ता व्यक्तिका लागि सीमित स्थानमात्र बाँकी रहन्छ।” उनले यो समस्याको समाधानका लागि मार्च १७, २०२५ (चैत ४, २०८१) देखि नयाँ नियम लागू हुने बताइन्।

नयाँ नियमअनुसार, अब प्रत्येक गैरआप्रवासी भिसा आवेदकले आफ्नो अपोइन्टमेन्ट लिँदा प्रयोग गरेको डीएस-१६० फारमको बारकोड अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। “यो नियमले अपोइन्टमेन्ट लिने र अन्तरवार्तामा उपस्थित हुने व्यक्ति एउटै हो भन्ने सुनिश्चित गर्नेछ,” नक्भीले भनिन्। “यसले दूतावासमा तपाईंको समयलाई सकेसम्म छोटो बनाउन सहयोग गर्नेछ।”

प्रवक्ता जेहेरा नक्भी ।  फोटो श्रोत: अमेरिकी दूतावास काठमाडौं

उनले आवेदकहरूलाई आफ्नो डीएस-१६० फारमको बारकोड सुरक्षित राख्न र अपोइन्टमेन्टमा ल्याउन आग्रह गरिन्। यदि कुनै आवेदकले यो बारकोड प्रस्तुत गर्न सकेन भने दूतावासको कन्सुलर शाखामा प्रवेश गर्न नदिइने  र नयाँ अपोइन्टमेन्ट लिनुपर्ने उनको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रवक्ताले कन्फर्मेशन पेज हराएका वा पुनः प्रिन्ट गर्नुपर्ने आवेदकका लागि पनि मार्गदर्शन दिएकी छन्। आवेदन दिएको वेबसाइटमा गएर आफूले आवेदन पेश गरेको दूतावासको स्थान छानेर त्यसपछि ‘रिट्रिभ एप्लिकेशन’ विकल्पमा क्लिक गरेर आफ्नो डीएस-१६० बारकोड नम्बर प्रयोग गर्नुपर्ने र  त्यहाँबाट कन्फर्मेशन पेज हेर्न र प्रिन्ट गर्न सकिने उनले जानकारी दिइन् ।

यदि आवेदनमा कुनै जानकारी सच्याउनुपर्ने भएमा पनि यही प्रक्रिया अपनाउन सकिने उनले बताइन्। “डीएस-१६० पेश गरेपछि जानकारी परिवर्तन गर्नुपरेमा नयाँ डीएस-१६० फारम भरेर पेश गर्नुपर्छ र दुवै फारमका बारकोड अन्तरवार्तामा ल्याउनुपर्छ,” नक्भीले स्पष्ट पारिन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com