पाकिस्तानमा अपहरित ३०० बन्धक मुक्त गराएको सेनाको भनाई


प्रकाशित मिति : फाल्गुन २८, २०८१ बुधबार

पाकिस्तानी सेनाले ३०० भन्दा बढी बन्धकलाई मुक्त गरेको बताएको छ । बलोचिस्तान प्रान्तबाट मंगलबार त्यहाँको विद्रोही समूहको अपहरणमा परेका ४०० बढी बन्धक मध्ये ३०० लाई मुक्त गरिएको सेनाले बताएको छ ।

उद्धारको क्रममा चलाइएको अप्रेसनमा ३३ जना विद्रोही मारिएका छन । विद्रोहीहरुले २१ जना नागरिक र ४ जना सैनिक बन्धकलाई मारेका छन । सेनाले उनीहरुको खोजिकार्यलाई थप तिव्र बनाएको छ ।

बलोचिस्तानको स्वतन्त्रताका लागि लडेको उक्त संगठनलाई अमेरिका लगाएतका देशहरुले आतंकवादी संगठनको रुपमा घोषणा गरेका छन ।

पेसावर तर्फ जाँदै गरेको रेलमा १०० जना सुरक्षा फौजका सदस्यहरु तथा अन्य गरि ४०० भन्दा बढी सवार रहेका थिए ।

विद्रोहीहरुले आक्रमण गरी रेललाई कब्जामा लिएर त्यसमा सवारहरुलाई अपहरण गरेका थिए । यो समूहले पहिलो पटक रेलमा आक्रमण गरेको हो ।

बलोचिस्तानको स्वतन्त्रता वा बढी स्वायत्तता माग गर्ने विद्रोही समूहहरूमध्ये एक हो । यो पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो।

बलोचिस्तान लिवरेसन आर्मीले इस्लामाबादमाथि प्रान्तका समृद्ध खनिज स्रोतहरूको शोषण गरेको आरोप लगाउदै आएको छ ।

उनीहरूले सैनिक शिविरहरू, रेलवे स्टेशनहरू र ट्रेनहरूमा आक्रमण गरेका छन् । रेल नै अपहरण गरेको भने यो पहिलो पटक हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com