आईट्म गर्ल सुष्मालाई देखेर सलमान खान दङ्ग


प्रकाशित मिति : आश्विन ५, २०७४ बिहीबार

हरिशजङ्ग क्षेत्री

बलिउडका सुपरस्टार नायक सलमान खानले नेपाली आईट्म गर्ल सुष्मालाई देखेर दङ्ग भएका छन । बलिउडका दबंग खान अर्थात सलमान खान अन्तर्राष्ट्रिय शोमा सहभागी हुन परिवारका केहि सदस्य सहित बेलायत पुगेका बेला नेपालकी चर्चित आईटम गर्ल तथा नायिका सुष्मा कार्की संग अकस्मात भेट भएको छ ।

सपिङ्ग गर्नका लागि एउटा सपिङ्ग मलमा पुगेकी सुष्मा त्यहाँ सपिङ्ग गर्दै गर्दा अकस्मात उनको नजर आफुतर्फ आउदै गरेका बलिउडका सलमान खान माथी पर्यो उनी झसङ्ग भईन ! के यो सपना त होईन ? भनेर आफु ले आफैंलाई चिमोटिन र थाहा भयो उनी बिपना मै रहिछन् ।

हतार हतार सुष्माले सेल्फी खिच्न आग्रह गरिन सलमानले हुन्छ भन्दै ईसारा गरे र सुष्माले सेल्फी खिचिन । केही नबोली सलमान खान सरासर गए म केही बोल्न नै सकेन सुष्माले बताईन ।

सुष्माले दङ्ग पर्दै भनिन, सलमानको म एकदमै ठुलो फ्यान भएको र उहाँ सङ्ग भेट्न पाउँदा एकदमै हर्षित भएकी थिए ।तर बोल्न नपाएकोमा एकदमै दुखी पनि  थिए उनले भनिन ।

येत्तिकैमा म खुशी हुँदै मलको बाहिर मात्र के पुगेथे फेरि सलमान खान आफ्नै अगाडी देखें  , हलो भन्दै मलाई बोलाउनु भयो !  आर यु नेपाली ? भनेर सोध्नुभयो मैले पनि एस एस भने अनि हामी बीच करिब १० मिनेट कुराहरू भयो ।

उहाँले मलाई धेरै कुराहरू सोध्नुभयो मैले उहाँलाई धेरै कुरा सोधे साथै उहाँलाई मैले १ मिनेट जति कसिलो हग पनि गरेको सुष्माले बताएकी छिन ।

सलमानलाई भेट्ने, कुरा गर्ने, अंकमाल  गर्ने उनका करोडौं फ्यानको सपना हुन्छ, त्यसमा पनि सलमानले आफैंले बोलाएर कुराकानी गर्नु भनेको त्यो मान्छे खास हुनपर्छ जस्तो लाग्छ ।

म पनि राम्री र खास रहेछु जस्तो लाग्यो जो सलमानको नजरमा परें  उहाँ संग १० मिनेट लामो सम्बाद समेत भयो यो मेरा लागी धेरै महत्त्व राख्छ सुष्माले बताईन । साथै सलमाले छुटिने बेला फेरि भेट्छु, भनेका र चाडै नै भेट हुन्छ होला भन्दै सुष्माले बिश्वास समेत व्यक्त गरिन ।

सुष्मा दशैको साङ्गितिक कार्यक्रमका लागी प्रबासी नेपालीहरुको आमनन्त्रणमा बेलायत पुगेका बेला सपनाको राजकुमार सलमानलाई भेट्दा फुरुङ्ग भएकी छिन् । अझै पनि त्यो १० मिनेट सपना जस्तै लागिरहेको सुष्मा बताउँछिन् ।

सुष्माले आफ्नो फेसबुक मार्फत सलमानसंग भएको भेट्का तस्वीर पोष्ट गर्दै ड्रीम ब्वाई सम्म लेख्न भ्याएकी छिन । उनले आफ्नो बारेमा सामाजिक संजालमा सकारात्मक कमेन्ट गर्नेलाई धन्यबाद दिएकी छिन । भने नकरात्मक  कमेन्ट गर्नेप्रति खेद  प्रकट गरेकी छिन ।

साथै सुष्माले सलमानलाई भेटेको कुरा र ऊनीहरुका तस्बिरहरु अहिले भाइरल  र अत्याधिक शेयर भैरहेका छन् । अहिले नेपाल  र भारतीय सिनेमा तथा संचार क्षेत्रमा उनीहरुको भेटले औधी चर्चा पाईरहेको छ ।

Source : NEWS 24

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com