१० महिनादेखि अन्तरिक्षमा रहेका विलियम्स र बुच मार्चको २० सम्म पृथ्वीमा फर्कन सक्ने नासाको जानकारी
प्रकाशित मिति : फाल्गुन २५, २०८१ आईतबार

अंतरिक्ष यात्री सुनीता विलियम्स र बैरी बुच विल्मोर यसै महिनाको तेस्रो साता पृथ्वीमा फर्कन सक्ने संभावना देखिएको छ ।
उनीहरु मार्चको १९ र २० मा फर्कनसक्ने देखिन्छ । दुवै जना लगभग १० महिना देखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएस मा रहेका छन्।
दुवैले ५ जून २०२४ मा स्टारलाइनर अन्तरिक्ष यानबाट यो परीक्षण मिशनको लागि उडान भरेका थिए । उनीहरू आठ दिनपछि फर्कनुपर्ने थियो ।
स्टारलाइनर अन्तरिक्ष यान आईएसएसको नजिक पुगेपछि यानमा आएको समस्याहरूका कारण उनीहरु त्यही बस्न बाध्य भएका हुन । यानलाई दिशा दिने पाँच थ्रस्टर्स बन्द भएपछि समस्या उत्पन्न भएको हो ।
नासा अनुसार बुच विल्मोर र सुनीता विलियम्सलाई १९ वा २० मार्चको आसपास फर्काउने तयारी भइरहेको छ ।
६१ वर्षका विल्मोर र ५८ वर्षकी सुनीता विलियम्सलाई बोइङ स्टारलाइनर अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुर्याएको थियो । यो यानको पहिलो उडान थियो । जसमा मानिसहरू सवार थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी अन्तरिक्ष यात्रीहरूको फर्काउने जिम्मेवारी एलन मस्कलाई दिएका छन् ।
नासा का अन्तरिक्ष यात्री निक होज, सुनीता विलियम्स र बुच विल्मोरले ४ मार्च २०२५ मा अन्तरिक्षबाट प्रेस सम्मेलनमा आफ्नो विचार व्यक्त गरेका थिए ।
पछिल्लो नौ महिनादेखि सुनीता विलियम्स आईएसएसमा छन् । उनी अन्तरिक्षमा लगातार सबैभन्दा लामो समयसम्म रहने पहिलो महिला बनेकी छिन् ।