उत्तर कोरिया: ट्रम्पको भाषण ‘कुकुरको भुकाइ हो’


प्रकाशित मिति : आश्विन ५, २०७४ बिहीबार

किम जोङ-अनराष्ट्रसंघले प्रतिबन्धहरु लगाएपनि उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम निरन्तर अघि बढाइरहेको छ।

उत्तर कोरियाका उच्च कूटनीतिज्ञले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा दिएको भाषणलाई भुकिरहेको “कुकुरको आवाज”को संज्ञा दिएका छन्।

बुधबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले उत्तर कोरियाले अमेरिका र उसका मित्र शक्तिलाई खतरा पुर्‍याइरहे उसलाई “नष्ट गरिदिने” चेतावनी दिएका थिए।

उत्तर कोरियाका विदेश मन्त्री रि योङ-होले त्यसप्रति पहिलो औपचारिक प्रतिक्रिया दिएका हुन्।

राष्ट्रसंघले प्रतिबन्धहरु लगाएको भएपनि उत्तर कोरियाले त्यसलाई वेवास्ता गर्दै आफ्नो परमाणु कार्यक्रम निरन्तर अघि बढाइरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘सपना’

उत्तर कोरियाली विदेशमन्त्री रिले न्यू योर्कस्थित राष्ट्रसंघीय मुख्यालय बाहिर संवाददाताहरुलाई भने, “एउटा भनाइ छ: ‘कुकुर भुक्दै गर्दा पनि ‘परेड’ खेल चलिरहन्छ’।”

“यदि उनले (ट्रम्पले) हामीलाई कुकुरको भुकाइमार्फत अचम्भित पार्न खोजेका हुन् भने उनले सपना देख्दैछन्।”

उत्तर कोरियाली नेता किम जोङ-अनका बारेमा बोल्दै ट्रम्पले राष्ट्रसंघमा भनेका थिए, “‘रकेट म्यान’ अहिले आफ्नो र आफ्नो शासन दुवैका लागि आत्मघाती अभियानमा छन्।”

उत्तर कोरियालाई नष्ट गर्ने ट्रम्पको चेतावनी

त्यसप्रति प्रतिक्रिया माग्दा उत्तर कोरियाली विदेश मन्त्री रिले भने, “म उनका सहयोगी र सल्लाहकारप्रति दु:ख व्यक्त गर्न चाहन्छु।”

रिले शुक्रबार राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ।

विज्ञहरु भन्छन् उत्तर कोरियाले आश्चार्यजनक ढंगले आफ्नो परमाणु हतियार र लामो दुरीमा मार हान्न सक्ने क्षेप्यास्त्रको विकास गरेको छ।

गत सेप्टेम्बर ३ मा उत्तर कोरियाले आफ्नो छैठौं र सबैभन्दा ठूलो परमाणु परीक्षण गरेको घोषणा गरेको थियो।

लगत्तै राष्ट्रसंघले उत्तर कोरियाको तेल आयात र कपडा निर्यातलाई नियन्त्रित गर्ने हेतुले नयाँ प्रतिबन्धहरु लगाउने प्रस्ताव पारित गरेको थियो।

महासभामा डोनाल्ड ट्रम्पले के के भने?

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com