गाजा पुनर्निर्माणको योजनालाई यूरोपेली देशको समर्थन
प्रकाशित मिति : फाल्गुन २४, २०८१ शनिबार

MIDEAST-GAZA-JABALIA REFUGEE CAMP-FOOD RELIEF
यूरोपेली देशहरुले गाजा पुनर्निर्माणको योजनालाई समर्थन गरेका छन ।
यो योजना मिश्रले तयार पारेको हो । मिश्रले तयार पारेको गाजा पुनर्निर्माणको योजनालाई युरोपका देशहरुले स्वीकार गरेको भएपनि अमेरिका र इजरायलले भने अस्वीकार गरेका छन ।
गाजा पुनर्निर्माणका लागि ५३ अर्ब डलर लाग्ने अनुमान सहितको प्रस्ताव मिश्रले पेश गरेको छ ।
यो योजना कार्यन्वयन भयो भने त्यहाँ रहेको प्यालेस्टाइनहरुले आफनो इलाका छोड्नु पर्नेछैन । यो योजना मिश्रले तयार पारेको भएपनि अरब देशहरुको समर्थन रहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीलाई मिडल ईस्ट रिवेरामा परिणत गर्ने दृष्टिकोण प्रस्तुत गरेका थिए । पछिल्लो समयमा आएर फ्रान्स, जर्मनी, इटली र ब्रिटेनका विदेशमन्त्रीहरूले अरब देशहरूको योजनाको स्वागत गरेका छन् ।
उनीहरूले पाँच वर्षभित्र गाजा क्षेत्रको पुनर्निर्माणको यस योजनालाई वास्तविक भनेका छन् ।
यस प्रस्तावले गाजा क्षेत्रका जनताका लागि स्थायी सुधार गर्ने प्रतिज्ञा गरेको छ । इजरायले लगातार गरिरहेको आक्रमणबाट गाजा ध्वस्त भएको छ । युद्धविराम कै बीचमा सो क्षेत्रमा हमलाहरु जारी रहेका छन ।