कुन स्थानीय तहमा कसले कति जिते ? (विवरणसहित)
प्रकाशित मिति : आश्विन ५, २०७४ बिहीबार

स्थानीय तहको तेस्रो चरणमा भएको निर्वाचनको मतगणना जारी छ । मत गणनाअनुसार निम्नासार दलहरुले मत परिणाम प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसले जितेका स्थानीय तह
१. सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेसका विश्वमोहन यादव अध्यक्ष र उपप्रमुखमा शोभाकुमारी यादव विजयी ।
२. धनुषाको औरहीमा प्रमुखमा कांग्रेस ब्रम्हदेव यादव र उपप्रमुखमा मिरा सहनी विजयी ।
३. धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अब्दुलबारिक शेख विजयी ।
नेकपा एमालेले जितेका स्थानीय तह
१. धनुषाको बटेश्वरमा एमालेका डम्बरबहादुर राउत र उपप्रमुखमा इन्दिरा सिंह विजयी
२. सप्तरीको सप्तकोशी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम गौतम र उपप्रमुखमा एमालेकै आशा चौधरी विजयी
३. पर्साको पटेर्वा सुगौलीमा अध्यक्षमा एमालेका हरिनारायण चौधरी र उपाध्यक्षमा कांग्रेसका ममता चौधरी विजयी ।
४. धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका अध्यक्षमा एमालेका मनोजकुमार यादव र उपाध्यक्षमा विजयी
माओवादी केन्द्रले जितेका स्थानीय तह
१. सिरहाको कर्जन्हामा माओवादीका गंगा पासवान मेयर र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठ विजयी
२. सिरहाको अर्नमामा माओवादीका विजयी ठकु महतो कोइरी र उपप्रमुखमा माओवादीकै सीयावती मुखिया विजयी
संघीय समाजवादी फोरम नेपालले जितेका स्थानीय तह
१. सिरहाको विष्णपुर गाउँपालिकामा संघीय समाजवादी फोरमका जागेश्वर यादव विजयी ।
राष्ट्रिय जनता पार्टी नेपालले जितेका स्थानीय तह
१. धनुषाको हंसपुरमा राजपाका रामज्ञान मण्डल मेयर र रेणु झा उपमेयर विजयी
नेपाल लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१. सर्लाहीको विष्णु गाउँपालिकामा अध्यक्षमा जवाहरलाल यादव विजयी
……अपडेट