अमेरिकाले हमास समर्थकहरूको भिसा अस्वीकृत र खारेज गर्न एआई प्रयोग गर्ने, क्याच एण्ड रिभोक कार्यक्रम


प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार

television showing man using binoculars

हमास वा अन्य तोकिएका आतंकवादी समूहहरूलाई समर्थन गर्ने विदेशी नागरिकहरूको भिसा रद्द गर्न अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एआई-संचालित क्याच एण्ड रिभोक प्रयास सुरु गर्ने भएका छन्। दशौं हजार अमेरिकी विद्यार्थी भिसा वाहकहरूसहितको सामाजिक सञ्जाल खाताहरूको समीक्षामा एआईको सहायता लिइनेछ, जसको आधारमा भिसा रद्द गरिनेछ। यस प्रयासले विदेशी नागरिकहरूको आचरणमा अमेरिकी नियन्त्रणमा नाटकीय वृद्धि भएको संकेत गरेको छ।

विशेषगरी, सामाजिक सञ्जाल खाताहरूमा अक्टोबर ७, २०२३ मा इजरायलमा हमासको आक्रमणपछि हमासप्रति सहानुभूति व्यक्त गरिएको भएमा एआईले त्यसलाई प्रमाणका रूपमा संकलन गर्नेछ। अधिकारीहरूले बाइडेन प्रशासनको समयमा पक्राउ गरिएका तर अमेरिकामा बस्न दिइएका कुनै पनि भिसा वाहकहरूको आन्तरिक डाटाबेस जाँच गर्ने योजना बनाएका छन्।

विदेश मन्त्रालयले न्याय मन्त्रालय र गृह मन्त्रालयसँग पनि सहकार्य गरिरहेको छ। विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले यसलाई “सम्पूर्ण सरकार र सम्पूर्ण अधिकारको दृष्टिकोण” भनेका छन्। क्याच एण्ड रिभोक सुरु गर्न संघीय अधिकारीहरूले अक्टोबर २०२३ देखि सेभिस प्रणालीमा १ लाख भिसा वाहकहरूको जाँच गरेका थिए। सामान्यतया, विदेशीलाई भिसा जारी गर्ने कन्सुलर अधिकारीले पक्राउ वा निलम्बनको बारेमा जानकारी पाएपछि भिसा रद्द गर्ने निर्णय गर्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१९५२ को आप्रवासन राष्ट्रियता ऐनले विदेशमन्त्रीलाई खतरा ठानिएका विदेशीहरूको भिसा रद्द गर्ने अधिकार दिन्छ। मार्को रुबियो यसबारे यसअघि पनि बोलेका थिए, भने ट्रम्पले पनि यस विषयमा निरन्तर आव्हान गर्दै आएका छन्।

“हमास लगायत तोकिएका आतंकवादी संगठनहरूलाई समर्थन गर्नेहरूले अमेरिकाको राष्ट्रिय सुरक्षालाई खतरामा पार्छन्,” रुबियोले एक्समा लेखेका थिए। “आतंककारीहरूलाई समर्थन गर्ने विदेशी आगन्तुकहरूप्रति अमेरिका शून्य सहनशीलता राख्नेछ,” उनले बताएका थिए। अन्तर्राष्ट्रिय विद्यार्थीहरू सहित अमेरिकी कानून उल्लङ्घन गर्नेहरू भिसा अस्वीकृत वा खारेज गरिनुका साथै देशनिकालाको सामना गर्ने उनको भनाइ थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com