अमेरिकामा हमासको समर्थनमा प्रदर्शन गर्ने विद्यार्थीको भिसा विदेश मन्त्रालयद्वारा खारेज


प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार

अमेरिकामा हमासको समर्थनमा प्रदर्शन गर्ने विद्यार्थीको भिसा विदेश मन्त्रालयले खारेज गरिदिएको छ । अमेरिकाका कलेज क्याम्पसहरूमा इजरायल विरोधी प्रदर्शनमा संलग्न विद्यार्थीहरूको भिसा रद्द गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वान अनुरूप अमेरिकी विदेश मन्त्रालयले हमासको पक्षमा विरोध प्रदर्शनमा भाग लिने एक विद्यार्थीको भिसा रद्द गरेको हो । विदेश मन्त्रालयले यसको पुष्टी गरेपनि विद्यार्थीको नाम र कलेज भने सार्वजनिक गरेको छैन ।

आफूहरुले हमास समर्थनकारी अवरोधहरूको सम्बन्धमा आपराधिक व्यवहारको लागि उल्लेख गरिएका एक विदेशी विद्यार्थी भिसा रद्द गरेको र यो हमासको समर्थनमा भिसा रद्दको पहिलो घटना भएको विदेश मन्त्रालयको भनाई छ । अब ती विद्यार्थीलाई देशनिकालाको प्रकृया अगाडि बढाइने भएको छ ।

इजरायल विरोधी विरोध प्रदर्शन र कलेज क्याम्पसहरूमा अवरोधहरूका सन्दर्भमा विदेश मन्त्रालयले १ लाख भन्दा बढी विद्यार्थी भिसाहरूको समीक्षा गरेको थियो । तर बाइडेन प्रशासनको समयमा कुनै पनि भिसा रद्द गरिएको थिएन। ट्रम्पले बारम्बार अमेरिकी विश्वविद्यालयहरूमा पढ्ने विदेशी विद्यार्थीहरूलाई हमास र अन्य आतंकवादी समूहहरूलाई समर्थन गरेकोमा उनीहरूको भिसा रद्द गर्न आह्वान गर्दै आएका छन्।

पछिल्ला समयमा अमेरिकी कलेज र क्याम्पसहरूमा इजरायल विरोधी विरोध प्रदर्शन र अवरोधहरूको व्यापक भएका थिए । जसमा तोडफोड, यहूदी विद्यार्थीहरू विरुद्ध धम्की र कानून प्रवर्तन विरुद्ध हिंसा समेत समावेश छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले तोकिएको आतंकवादी समूहहरूलाई समर्थन गर्ने विदेशी विद्यार्थीहरूको भिसा रद्द गर्न एआई संचालित क्याच एण्ड रिभोक प्रयास सुरु गरिरहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हमास लगायत तोकिएका आतंकवादी संगठनहरूलाई समर्थन गर्नेहरूले अमेरिकाको राष्ट्रिय सुरक्षालाई खतरामा रुबियोले एक्समा लेखेका थिए । आतंककारीहरूलाई समर्थन गर्ने विदेशी आगन्तुकहरूप्रति अमेरिका शून्य सहनशीलता राख्ने उनले बताएका थिए । अन्तर्राष्ट्रिय विद्यार्थीहरू सहित अमेरिकी कानूनको उल्लङ्घन गर्नेहरू भिसा अस्वीकृत वा खारेज र देश निकालाको सामना गर्ने उनको भनाई थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com