वीरगञ्ज महानगरमा राजपाको अग्रता, दुई उपमहानगरमा एमाले अगाडि


प्रकाशित मिति : आश्विन ५, २०७४ बिहीबार

काठमाडौं, ५ असोज । तेस्रो चरणमा भएको दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । मतगणना अनुसार तेस्रो चरणमा निर्वाचन भएको एक मात्र महानगरपालिका वीरगञ्जमा राष्ट्रिय जनता पार्टी नेपालले अग्रता लिएको छ ।

तीव्र प्रतिस्पर्धा देखिएको वीरगञ्जमा गएरातिसम्म कांग्रेस अघि थियो । आज बिहान आएको परिणाम अनुसार राजपा अगाडि देखिएको छ । तेस्रो स्थानमा फोरम छ ।

त्यसैगरी, राजपाले जनकपुर उपमहानगरपालिकामा पनि अग्रता लिएको छ । जनकपुरमा पनि कांग्रेसले राजपालाई पछ्याइरहेको छ । तेस्रो स्थानमा एमाले छ ।

त्यस्तै, बाराका दुई महानगरपालिकामा एमालेले अग्रता लिएको छ । जितपुर सिमरा उपमहानगरपालिकामा एमालेलाई माओवादीले पछ्याइरहेको छ भने कलैयामा एमालेलाई फोरमले थोरै मतान्तरले पछाडि छ । दुवै उपमहानगरपालिकामा कांग्रेस तेस्रो स्थानमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com