दर्जनौ कन्सुलेट र मिसन बन्द गर्ने अमेरिकाको तयारी
प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार
अमेरिकाले बाहिरका दर्जनौ कन्सुलेट बन्द गर्ने योजना बनाएको छ । गर्मीयाम सम्ममा ति कन्सुलेटहरु बन्द गर्ने तयारी भएको देखिएको छ ।
ति कन्सुलेटहरु बन्द गरिए भने अमेरिकी सरकारको साझेदारी निर्माण र सूचना संकलनलाई गम्भीर धक्का पुग्न सक्ने अनुमान गरिएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुका अनुसार ति मिसनहरुमा काम गर्ने थुप्रै स्थानीयहरुलाई बर्खास्त गर्ने योजना बनेको छ ।
ति स्थानीय व्यक्तीहरुले अमेरिकी कुटनीतिज्ञहरुलाई स्थानीय वातावरणको ज्ञान उपलव्ध गराउदै आएका थिए ।
संघीय सरकारको संरचना र खर्च कटौती र अमेरिका फष्ट नीति अनुसार यो योजना कार्यन्वयनमा ल्याउन थालिएको विदेश मन्त्रालयका अधिकारीहरुले बताएका छन ।
प्रमुख प्रतिस्पर्धी चीनले मिसनहरु एसिया र अफ्रिका जस्ता ठाउँहरुमा बढाइरहेको बेला अमेरिकाले भने कटौतीको तयारी गरेको हो ।
मिसन र दूतावासहरु बन्द भएभने संघीय सरकारको ठूलो भागको कामलाई अबरुद्ध गर्नसक्छ । यसले अमेरिकी राष्ट्रिय सुरक्षा पनि जोखिममा पर्नसक्ने विश्लेषकहरुले बताएका छन ।
दूतावासहरूले सैन्य, गुप्तचर, कानूनी प्रवर्तन, स्वास्थ्य, व्यापार, वित्त, कर र अन्य एजेन्सीका कर्मचारीहरु राखिरहेको हुन्छ । जसले मेज़बान राष्ट्रमा विकासहरू निगरानी गर्छन् ।
स्थानीय अधिकारीहरुसँग मिलेर आतंकवाद, संक्रामक रोग, मुद्रा अपचलन जस्ता समस्याहरूको समाधानका लागि सहकार्य गरिरहेका हुन्छन ।






