युक्रेन रूस शान्ति वार्ताको आयोजना गर्ने बेलारुसको प्रस्ताव, सहमत होला त अमेरिका ?
प्रकाशित मिति : फाल्गुन २१, २०८१ बुधबार

युक्रेन–रूस शान्ति वार्ताको आयोजना गर्ने बेलारुसले प्रस्ताव गरेको छ । बेलारुस रुसको समर्थक र अमेरिका तथा युक्रेनको बिरोधी देशका रुपमा परिचत छ । बेलारुसको प्रस्तावलाई अमेरिकाले कसरी लिने हो त्यसलाई हेर्न बाँकी नै रहेको छ ।
बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले अमेरिकी अधिकारीहरू समावेश हुनसक्ने रूस–युक्रेन शान्ति वार्ताको आयोजना गर्न आफनो देश तयार रहेको प्रस्ताव गरेका हुन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आएमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की बेलारुस आउनेमा आफु विश्वस्त रहेको अमेरिकी ब्लगरलाई दिएको अन्तर्वार्तामा लुकासेन्कोले भनेका छन ।
लुकासेन्को पुटिनका निकट हुन । बेलारुसले युक्रेनमा रुसको सैन्य कारबाहीलाई समर्थन गरेको छ । उसले अमेरिका र युरोपीय सङ्घ इयु को प्रतिबन्ध सामना गरिरहेको छ ।
रुसले सन् २०२२ मा युक्रेनमा केही सेना पठाउन बेलारुसको क्षेत्र प्रयोग गरेको थियो ।
लुकासेन्कोले रूससँग वार्ता गर्न र तीन वर्षदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्न ट्रम्पका प्रयासहरूको प्रशंसा गरेका छन ।
जेलेन्स्कीसँग शुक्रबार भएको भेट तनावपूर्ण भएपछि ट्रम्पले युक्रेनलाई दिदै आएको सैन्य सहायता निलम्बन गर्ने आदेश दिएका छन । अहिले जेलेन्स्कीमाथि शान्तिवार्ताको दवाव बढेको छ ।
जेलेन्स्कीले सामाजिक सञ्जालमा उक्त भेट ‘खेदजनक’ भएको र अमेरिकी नेतासँगको सम्वन्ध सुमधुर बनाउन चाहेको बताएका छन ।