रक्षा बजेट बढाउन अमेरिकाले गरेको आग्रह जापानद्वारा अस्वीकार
प्रकाशित मिति : फाल्गुन २१, २०८१ बुधबार

रक्षा बजेट वृद्धि गर्न अमेरिकी गरेको आग्रहलाई जापानले अस्वीकार गरेको छ ।
जापानका प्रधानमन्त्री शिगेरु इसिबाले रक्षा खर्च बढाउन अमेरिकी आह्वानलाई अस्वीकार गरेका हुन । उनले जापानले आफ्नो रक्षा बजेट आफैं तय गर्ने बताए ।
माथिलो सदनको बजेट बैठक समितिमा मन्तव्य राख्ने क्रममा उनले जापानले आफ्नो रक्षा बजेट आफै निर्धारण गर्ने र अरू देशको निर्देशनमा आफ्नो निर्णय नगर्ने स्पष्ट पारेका हुन ।
ट्रम्प प्रशासनले जापानले आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशतमा पु¥याउनुपर्ने बयान दिएपछि यो टिप्पणी आएको हो ।
जापानका मुख्य क्याबिनेट सेक्रेटरी योशिमासा हयाशीले जापान सरकारले आर्थिक वर्ष सन् २०२७ सम्ममा रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पु¥याउने दिशामा काम गरिरहेको बताइन ।
उनले रकमभन्दा पनि रक्षा क्षमताको वस्तुमा ध्यान दिनु पर्नेमा जोड दिएको पाइएको छ ।
जापानले आफ्नो सन् २०२२ को राष्ट्रिय सुरक्षा रणनीतिमा रक्षा खर्चलाई आर्थिक सन् २०२७ मा कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पु¥याउने लक्ष्य राखेको थियो ।