वार्तामा बस्न तयार भएको पत्र जेलेन्स्कीले पठाएको ट्रम्पको भनाई


प्रकाशित मिति : फाल्गुन २१, २०८१ बुधबार

TOPSHOT-US-POLITICS-TRUMP

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन पुन शान्ति वार्ताको लागि तयार भएको बताएका छन । उनले संसदलाई संबोधन गर्ने क्रममा यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबाट पुन वार्ता बस्न तयार भएको पत्र प्राप्त भएको जानकारी दिए ।

रुस युक्रेन युद्धका बारेमा जेलेन्स्की वार्ताका लागि तयार भएको पत्र आएको छ ट्रम्पले संसदलाई संवोधन गर्ने क्रममा भनेका थिए । उनले पत्र आएपछि दोस्रो वार्ता चाँडै सुरु हुने समेत बताए ।

युक्रेन सकेसम्म चाँडो वार्तामा आउन तयार देखिएको छ उनले भनेका छन । युक्रेनलाई भन्दा बढी शान्ति अरु कसैलाई पनि नचाहिएको पत्रमा जेलेन्स्कीले उल्लेख गरेका छन । गत शुक्रबार ओभलमा भएको वार्ता तनावपूर्ण अन्त्य भएको थियो ।

यो वार्तापछि अमेरिकाले युक्रेनलाई दिदै आएको सैन्य सहयोग रोकेको छ । अमेरिकी विदेशमन्त्रीले वार्तालाई तनावपूर्ण बनाएको भन्दै जेलेन्स्कीले माफी माग्नु पर्ने बताएका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com